शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रामहरिको राजकुमारी बनिन् प्रियारानी

आइतबार, १९ मङ्सिर २०७८, ११ : १३
आइतबार, १९ मङ्सिर २०७८

‘मिस विश्व कस्मोपोलिटन–२०१९’ विजेता तथा मोडल प्रियारानी लामा अभिनित गीत ‘राजकुमारी’ सार्वजनिक भएको छ । भिडियो  प्रियारानी राजकुमारीको गेटअपमा देखिएकी छन् ।  गीतमा उनलाई मोडल रामहरि खड्काले साथ दिएका छन् । राजधानीमा एक कार्यक्रमसहित सार्वजनिक गीतमा मनाङ, मुस्ताङ लगायतका आकर्षक लोकेशनमा खिचिएको छ ।

भिडियोका निर्देशक रुपेश थापा हुन् । भिडियोमा राजकुमारीको  कल्पना गर्ने युवाको प्रेमलाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको निर्देशक थापाले बताए ।  निरज लामाको संगीत र स्वर रहेको गीतमा खगेन्द्र भट्टराईका शब्द छन् । छायाङ्कन समेत निर्देशक थापाको रहेको गीतमा सियोन श्रेष्ठको कोरियोग्राफी र सुप्रिम पराजुलीको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप