शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ईओजीले ल्यायो टिजर

आइतबार, १९ मङ्सिर २०७८, ११ : १३
आइतबार, १९ मङ्सिर २०७८

प्रकु पाण्डेको निर्देशन रहेको फिल्म ‘ईओजी (एरर्स अफ गड)’ को टिजर सार्वजनिक गरिएको छ । कलासी प्रोडक्सनको निर्माणमा बनेको यस फिल्मले प्रचार प्रसार गर्न टिजर ल्याएको हो ।

विकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, सरिता ढुंगाना, भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाल लगायत रंगमञ्चका ५० भन्दा बढी कलाकारको अभिनय फिल्ममा रहेको छ । 

संगीत सापकोटाको लेखन र सगुन पोख्रेलले निर्माण रहेको फिल्म आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानवको रुपमा आएका भगवानको कथामा निर्माण भएको हो ।
टिजर हेर्दा फिल्म मार्फत केहि फरक स्वादको कथा पस्किन खोजिएको अनुमान गर्न सकिन्छ । क्राइसिस ज्याक (कृष्ण) को छायांकन रहेको फिल्ममा रोमी मोसेस तन्डुकारको सम्पादन र शक्ति राईको कला निर्देशन छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप