शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा सभापतिमा सहमति गर्न बानियाँ र केसीलाई प्रधानको आग्रह

आइतबार, १९ मङ्सिर २०७८, ११ : १८
आइतबार, १९ मङ्सिर २०७८

नेपाली काँग्रेस बागमती प्रदेश सभापतिको प्रतिस्पर्धाबाट बारिएका भीमसेनदास प्रधानले दोस्रो चरणको मतदान नगरी सहमति कायम गर्न आग्रह गरेका छन् । आइतबार विहान विज्ञप्ति जारी गरी पहिलो चरणको मतपरिणामको आधार र आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सहमतिको सन्देश प्रधानले आग्रह गरेका हुन् । 

पहिलो चरणमा यो प्रदेशमा काँग्रेसका २१ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो । पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँले ९९२ मत ल्याएका थिए भने जगदीश्वर नरसिंह केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत पाएका थिए ।

जसमा कुनै उम्मेदवारको पक्षमा ५१ प्रतिशत मत नपरेपछि दोस्रो चरणको मतदान गर्न तयारी छ । आइतबार साढे ११ बजेबाट पुन दोस्रो चरणको मतदान गर्नेगरी तयारी भइरहेको छ । तर प्रधानले बानियाँ र केसी कसैको पनि पक्षमा नखुलेर सहमतिको सन्देश आग्रह गरेका हुन् ।

काँग्रेसको विधानअनुसार सभापतिमा कूल खसेको मतको ५१ प्रतिशत मत ल्याएमात्र विजयी हुने व्यवस्था छ । ५१ प्रतिशत मत नपुगे बढी मत ल्याएका दुई जनाबीच पुनः प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप