शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

आइतबार, १९ मङ्सिर २०७८, १२ : १०
आइतबार, १९ मङ्सिर २०७८

आज एक अमेरिकी डलरको बिक्री दर १२०.५७ र खरिद दर ११९.९७ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै राष्ट्र बैंकले डलरको भाउ तोकेको हो । यसैगरी, आज एक यूरोको बिक्री दर १३६.२५ र खरिद दर १३५.५७ रुपैयाँ र पाउण्ड स्र्टलिङको बिक्री दर १६०.११ र खरिद दर १५९.३१ रुपैयाँ कायम छ ।

यसका साथै, अष्ट्रेलियन डलरको ८५.०४ र खरिद दर ८४.६१ रुपैयाँ र सिंगापुर डलरको बिक्री दर ८७.९६ र खरिद दर ८७.५२ रुपैयाँ छ । यता १० जापानी येनको बिक्री दर १०.६४ र खरिद दर १०.५९ रुपैयाँ तोकिएको छ भने चिनियाँ युवानको बिक्री दर १८.९२ र खरिददर १८.०३ रुपैयाँ कायम छ । यसैगरी, साउदी अरबको बिक्री दर ३२.१४ र खरिद दर ३१.९८ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कतारी रियालको बिक्री मूल्य ३२.८८ रुपैयाँ कायम रहँदा ३२.७२ रुपैयाँमा खरिद भइरहेको छ । संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री दर ३२.८३ र खरिद ३२.६६ रुपैयाँ र मलेसियन रिंगटको बिक्री दर २८.५० रुपैयाँ र खरिद दर २८.३५ रुपैयाँ कायम भएको छ ।

यसका साथै, आज हङकङ डलरको बिक्री दर १५ं४७ रुपैयाँ र खरिद दर १५.३९ रुपैयाँ छ भने १०० कोरियन वनको बिक्री दर १०.२० र खरिद दर १०.१५ रुपैयाँ कायम छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप