बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जालझेल र तिकडमले मेरो मत कम आयो : भीमसेनदास प्रधान

आइतबार, १९ मङ्सिर २०७८, १२ : १९
आइतबार, १९ मङ्सिर २०७८

नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा पराजित उम्मेदवार भीमसेन दास प्रधानले अनेक जालझेल र तिकडमका कारण आफ्नो पक्षमा कम मत आएको बताएका छन् । आइतबार बिहान हेटौडामा पत्रकार सम्मेलन गर्दै प्रधानले अनेक जालझेल, तिकडम र अफवाह फैलाएका कारण आफ्नो पक्षमा कम मत आएको दावी गरेका हुन् ।

‘निर्वाचनमा हुने अनेक जालझेल र तिकडमले गर्दा मेरो मत कम आयो । निर्वाचनका क्रममा विभिन्न अफवाह पनि फैलाइयो’, प्रधानले आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिँदै भने,‘ विधान त खसेको मतबाट ५१ मत ल्याउनुपर्नेमा बढि मतका आधारमा इन्द्र बानियाँले निर्वाचन जितेका हुन् ।’ 

उनले नजिकै  आएको स्थानीय र प्रदेश निर्वाचनलाई मध्यनजर गर्दै सहमतिमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि योग्य उम्मेदवार चुन्नुपर्ने पनि बताए । ‘सफल उम्मेदवार त्यो ठहरिन्छ, जसले वागमतीका सवै सिट काँग्रेसलाई जिताउन सक्छ । त्यसका लागि हामी सवै एकतावद्ध हुनुपर्ने आवश्यक्ता छ । त्यसैले सहमतिका लागि अर्का उम्मेदवार केसीलाई आग्रह गर्छु’, प्रधानको आग्रह छ । 

उनले बानियाँलाई साथ दिए न्याय हुने समेत बताए । ‘बानियाँ पक्षमा साथ दिनु न्याय हो अहिले सवैले विवेकपूर्ण तरिकाले साथ दिउँ, मेरो समुह पनि बनियाँतर्फ नै जान्छ’, प्रधानको भनाइ छ । वागमती प्रदेश सभापतिका लागि बानियाँ, जगदीश्वर नरसिंह केसी र प्रधानले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँले ९९२ मत ल्याएका थिए भने जगदीश्वर नरसिंह केसीले ८७२ र भीमसेन दास प्रधानले १९७ मत पाएका थिए । पहिलो चरणमा कसैको पनि ५१ प्रतिशत मत नकटेपछि पुन मतदानको तयारी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप