ad
x

सुन तस्करलाई सघाएको आरोपमा विमानस्थलबाट प्रहरी जवान पक्राउ

person explore access_timeमंसिर १९, २०७८ chat_bubble_outline0

सुनको ‘बाला’ तस्करलाई सघाएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी जवानलाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत जवान राजेन्द्र केसी पक्राउ परेका हुन् ।
जवान केसी पूर्वलडाकु हुन् । ६ लाख लिएर स्वेच्छिक अवकास रोजेपछि उनी प्रहरीमा भर्ना भएका थिए । अहिले उनीमाथि सुन तस्करलाई सघाएको आरोप छ ।


विदेशबाट फर्केका यात्रुसँग मिलेर सुन पास गराउन सहयोग गरेको भेटिएपछि उनीमाथि अनुसन्धान भइरहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले रातोपाटीलाई बताए । मंसिर १३ मा विमानस्थल भन्सार कार्यालयले ५० ग्रामका बाला ल्याउनेहरुसँग भन्सार महसुल लिन शुरु गरेको थियो ।



भन्सारमा सुरक्षा जाँच कडाई गरिएको थियो । त्यसैदिन ताप्लेजुङ घर भएका दुर्गाधन लिम्बुले ल्याएको ५० ग्रामको बाला केसीले अध्यागमनको काउन्टर नजिकै आफुले लिए  । अनि, दुर्गाधन सहजै भन्सारबाट बाहिरिए ।



सो सुन दुर्गाधनको आफ्नो थिएन । उनलाई विदेशमा विमानस्थलमा भेटिएका अपरिचित मान्छेले ‘भरिया’ बनाएर पठाएका थिए । विमानस्थलको पार्किङमा सुन तस्करी समूहका एजेन्ट दुर्गाधनलाई कुरेर बसेका थिए । विमानस्थल सुरक्षा कार्यालयका अनुसन्धान अधिकारीहरुले सिसिटिभी जाँच गर्दा केसीले सुन लिएको देखिएको छ ।



सो सुन बरामद गरिएको त्रिभुवन विमास्थल सुरक्षा कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । शुक्रबार पक्राउ परेका प्रहरी जवान केसी र सुन ल्याउने दुर्गाधनलाई भन्सार ऐन अनुसार कारवाही गरिने प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए । 







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।