
ADVERTISEMENT
डाँछीमा तास खेल्दै गरेका ८ जना पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीमा तास खेलीरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुली घर भएकी ४३ वर्षीया पार्वती मगरले सञ्चालन गरेको चिया पसलमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत बौद्धले जनाएको छ ।
पक्राउ पर्नेमा चिया पसल सञ्चालिका पार्वती मगरसहित छन् । प्रहरीले तासको खालबाट ३३ हजार ८ सय रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई जुवा ऐनअनुसार मुद्दा चलाउने प्रहरीको तयारी छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ