मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन : बागमतीमा पुनः मतदान सुरु, इन्द्रलाई भीमसेनको साथ

आइतबार, १९ मङ्सिर २०७८, १४ : ००
आइतबार, १९ मङ्सिर २०७८

नेपाली काँग्रेस बागमती प्रदेश सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । हेटौँडामा  आइतबार दिउँसोबाट मतदान सुरु भएको हो । बिहान साढे ११ बजे मतदानका लागि समय निर्धारण गरिएपछि  दिउँसो साढे १ बजेबाट सुरु  भएको छ ।

शनिबार भएको मतदानमा तीन जनाबीच प्रतिस्पर्धा हुँदा सकेको पनि ५० प्रतिशतभन्दा बढी कट्न सकेन । पहिला चरणमा सभापति शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसी र कृष्णप्रसाद सिटौला समूह बाट भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए । पहिलो चरणमा तेस्रो भएका प्रधानले पहिलो भएका बानियाँलाई साथ दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप