शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जरको समय घट्कियो, राष्ट्र बैंकसँग पुनः समय माग

आइतबार, १९ मङ्सिर २०७८, १४ : १२
आइतबार, १९ मङ्सिर २०७८

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक बीचको मर्जरको समयावधि घट्किएको छ । राष्ट्र बैंकले दुई बैंक मर्जरका लागि दिएको अन्तिम समय आइतबार अर्थात् मंसिर १९ गते सकिएको हो ।  राष्ट्र बैंकले तोकिदिएको समय सीमाभित्र मर्जरको निर्णय गर्न नसकेपछि दुई बैंकले पुनः समय थपका लागि राष्ट्र बैंकलाई पत्राचार गरेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश पारित गर्नको लागि साधारणसभा बोलाइसकेको छ भने यता हिमालयन बैंकले मर्जरको विषयमा निर्णय गर्न नसक्दा साधारणसभा समेत बोलाउन सकेको छैन ।
मर्जर नगर्दा राष्ट्र बैंकले हिमालयन बैंकलाई कारवाही गर्नेछ । दुबै बैंकको मर्जर कमिटीले आइतबार मर्जरमा केही अन्योलता भएको हुँदा त्यसलाई सहजीकरण गर्ने प्रक्रिया अगाडि बढेको भन्दै समय थप्न बैंकहरुले केन्द्रीय बैंकलाई पत्र लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप