बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुनिल शेट्टीका छोरा अहानको फिल्म ‘तडप’ ले दोस्रो दिन पनि देखायो दम, यति करोड कमाई

आइतबार, १९ मङ्सिर २०७८, १४ : २७
आइतबार, १९ मङ्सिर २०७८

सुनिल शेट्टीका छोरा अहान शेट्टीको डेब्यू फिल्म ‘तडप’ बक्स अफिसमा अन्य फिल्मको तुलनामा शानदार प्रदर्शन गरिरहेको छ । फिल्मकामे विषयमा पहिला नै दर्शकबीच क्रेज थियो । फिल्मले रिलिजको दिन ४.०५ करोडको व्यापार गरेको थियो । दोस्रो दिनको कमाईबारे पनि बक्स अफिस इन्डिया डट कमले जानकारी दिएको छ । यसका अनुसार फिल्मले आफ्नो दोस्रो दिन अर्थात् शनिबार ४.२५ करोड भारुको व्यापार गरेको छ ।

अहान शेट्टीको डेब्यू फिल्म तडपले यो हिसाबले दुई दिनमा ८.२५ करोड भारुको शानदार व्यापार गरेको छ ।

अभिनयको कुरा गर्ने हो भने अहान शेट्टीले फिल्ममा राम्रो अभिनय गरेका छन् । अहानको ‘तडप’ साउथको सुपरहिट फिल्म ‘आरएक्स १००’ को रिमेक हो । फिल्ममा अहान शेट्टीका साथै तारा सुतारिया मुख्य भूमिकामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप