शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दरबारमार्गबाट श्रोत नखुलेको ६९ लाख ५० हजारसहित एकजना पक्राउ

आइतबार, १९ मङ्सिर २०७८, १४ : ३२
आइतबार, १९ मङ्सिर २०७८

प्रहरीले काठमाडौंको दरबारमार्गबाट श्रोत नखुलेको ६९ लाख ५० हजारसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले दरबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलका म्यानेजर हिरोसी खनाललाई ६९ लाख ५० हजारसहित पक्राउ गरेको हो ।

खनालबाट नेपाली एक हजार रुपैयाँका १०० वटा भएका ४९ बण्डल,  पाँच सय रुपैयाँ दरका १०० ओटा भएको ४१ बण्डल र बिइङ ह्युमन लेखिएको निलो रङको एक थान हाते झोला समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

शुक्रबार पक्राउ परेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौं ल्याई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक पाइएको प्रहरीले जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप