शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् सुनिल शेट्टीका छोराकी प्रेमिका, बाँच्छिन् विलासी जीवन

आइतबार, १९ मङ्सिर २०७८, १४ : ५०
आइतबार, १९ मङ्सिर २०७८

अहान शेट्टी आफ्नो डेब्यू फिल्म तडपका कारण चर्चामा छन् । उनको फिल्मले पहिलो र दोस्रो दिन बक्स अफिसमा शानदार व्यापार गरेको छ । अहान शेट्टीको यो फिल्मको बुधबार मुम्बईमा स्पेशल स्क्रिनिङ राखिएको थियो, जसमा उनकी प्रेमिका तान्या श्रोफ पनि पुगिन् । तान्या असाध्यै सुन्दर छिन् र आफ्नो तस्बिरमार्फत् सोसल मिडियामा छाइरहन्छिन् । अहान शेट्टीकी प्रेमिका तान्या श्रोफ फेसन मोडल हुन् र सोसल मिडिया सेलिब्रिटी हुन् । साथै उनको फ्यान फलोविङ पनि असाध्यै बलियो छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Tania Shroff (@tania_shroff)

अहान शेट्टीकी प्रेमिका तान्या श्रोफलाई देखेर प्रशंसक यो जान्न इच्छुक छन् कि आखिर तान्या के गर्छिन् र यी दुई कहिलेदेखि सम्बन्धमा छन् । स्मरण रहोस्, तान्या श्रोफ सन् २०१५ देखि मोडलिङ क्षेत्रमा सक्रिय छिन् । उनले हालसम्म थुप्रै चर्चित ब्रान्डसँग काम गरेकी छिन् । तान्याका पिता चर्चित उद्योगपति जयदेव श्रोफ हुन् ।

 


 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Tania Shroff (@tania_shroff)

अहान शेट्टी र तान्या श्रोफ एक अर्कालाई विद्यालयदेखि नै चिन्दथे भनेर भारतीय सञ्चार माध्यमले बताएको छ । तान्या हाल लण्डनमा बस्छिन् । उनको इन्स्टाग्राममा फ्यान फलोविङको कुरा गर्ने हो भने १८८ हजारभन्दा पनि बढी छन् । आहान र तान्याको रोमान्टिक तस्बिर धेरैजसो सोसल मिडियामा चर्चित भइरहन्छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Tania Shroff (@tania_shroff)

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Tania Shroff (@tania_shroff)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप