बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो ‘ज्योमो गाङ फिल्म अवार्ड’ अमेरिकामा आयोजना हुने

आइतबार, १९ मङ्सिर २०७८, १५ : ३८
आइतबार, १९ मङ्सिर २०७८

‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण अमेरिकाको क्यालिफोर्नियामा आयोजना हुने भएको छ । आयोजक हुकुम मल्टिमिडिया प्रालिले आइतबार बौद्धस्थित याङग्रिमा हिल सिटी होटलमा पत्रकार सम्मेलन गर्दै अवार्डको विभिन्न पक्षको जानकारी दिएको हो ।

नेपालमा निर्माण भएका आदिवासी जनजाति र मातृभाषामा निमार्ण भएका फिल्मको प्रवद्र्धन गर्ने उदेश्यले आयोजना हुन लागको अवार्ड नेपाली नयाँ वर्ष अर्थात आगामी २०७९ बैशाख १ गते आयोजना हुनेछ । फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री,सम्पादक,नव अभिनेता, नव अभिनेत्री, छायाँकार, कलाकार, कथा, व्याकग्राउण्ड म्युजिक, द्वन्द निर्देशक र नव निर्देशक गरेर विभिन्न १३ विधामा अवार्ड समेटिएको छ ।

कार्यक्रममा कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले दर्शक डरका कारण हलसम्म आउँन नसकेको बताए । उनले सार्वजनिक यातायात, सपिङ सेन्टरभन्दा फिल्म हल दर्शकका लागि धेरै सुरक्षित रहेको बताए । उनले निर्धक्क  फिल्म हेर्न आग्रह समेत गरे ।
कार्यक्रममा कलाकार संघका पूर्व महासचिव एवम् अभिनेत्री सरिता लामिछाने, वरिष्ठ चलचित्र निर्देशक ऋषि लामिछानेले अवार्डले जनजातिको संस्कार जोगाउन थप टेवा पुग्ने बताउए । अवार्ड निष्पक्ष हुनुपर्ने धारणा उनीहरुले राखेका थिए । आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले अवार्डले स्रष्टा र सृजनाको रक्षा गर्ने बताए ।

हुकम मल्टिमिडियाले अवार्डको पहिलो संस्करण २०७६ माघ ८ गते थाइल्याण्डको पटैयामा आयोजना गरेको थियो । हरेक वर्ष नियमित आयोजना गर्ने उदेश्यले सुरु भएको अवार्ड कोरोना महामारीका कारण बीचका वर्षहरुमा आयोजना हुन सकेन ।

विस्तारै फिल्म क्षेत्र पहिलेकै गतिमा फर्किने अवस्थामा पुगेकाले अवार्डको आयोजना गर्न लागिएको हुकुम मल्टिमिडियाका अध्यक्ष धनबहादुर बम्जन (डिबी) ले बताए । ‘आदिवासी जनजाति मातृभाषी फिल्महरु स्वदेशमा मात्र होइन विदेशमा पनि पुर्याउनु हाम्रो उद्देश्य पनि हो’ बम्जन ‘अवार्ड फिम तथा फिल्मकर्मीको प्रचार प्रसार समेत हुनेछ ।’

आयोजक मल्टिमिडियाले अवार्डमा सहभागी फिल्मका लागि आवेदन समेत खुल्ला गरेको छ । आवेदनका लागि फारम आदिवासी जनजाति चलचित्र महासंघको कार्यालय र हुकुम मल्टिमिडियाको कार्यालयबाट प्राप्त गर्न सकिने आयोजनाले जनाएको छ ।

अवार्डमा विकास बोर्ड, आदिवासी जनजाति चलचित्र महासंघ लगायत विभिन्न संघ–संस्थाको समेत सहकार्य रहनेछ । त्यसैगरी अमेरिकाको स्थानीय व्यवस्थापनमा ‘द वर्ल्ड नेपाल न्युज’ र ‘८८४८ पिक्चर्स डट कम’ लगायत विभिन्न संघ–संस्था पनि अवार्डमा जोडिएको आयोजकले जानकारी दियो ।

कार्यक्रममा चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायत थुप्रै कलाकर्मीको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप