बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ : विवाह पञ्चमी महोत्सवमा सार्वजनिक बिदा

आइतबार, १९ मङ्सिर २०७८, १६ : ५१
आइतबार, १९ मङ्सिर २०७८

जनकपुर । प्रदेश २ सरकारले विवाह पञ्चमीको अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबारबाट सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत बुधवार वैवाहिक कार्यक्रम रहेकाले सो दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाले पनि नगरभित्र रहेका सरकारी तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विवाह पञ्चमी महोत्सवको उपलक्ष्यमा मंगलबारदेखि बिहीबारसम्म नगर क्षेत्रका शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जनाए ।

विवाह पञ्चमीको मेलाका कारण हुने भिडभाडलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरभित्रका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थाहरुलाई मंसिर २१ गतेदेखि २३ गतेसम्म बिदा दिने निर्णय भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप