शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रचना र रञ्जनले ल्याए ‘चोखो माया’

आइतबार, १९ मङ्सिर २०७८, १७ : ३३
आइतबार, १९ मङ्सिर २०७८

गायिका रचना रिमाल र गायक रञ्जन राईको युगल स्वर रहेको गीत ‘चोखो माया’ सार्वजनिक भएको छ । रवि मल्लको शब्द र नविन कार्कीको संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन छ ।

युवायुवती बीचको प्रेम र आकर्षणमा गीतको भिडियो निर्माण भएको छ । भिडियोमा पूर्ण लम्साल र विष्णु मिश्रको अभिनय देख्न सकिन्छ । भिडियोमा शैलेस घलेको छायाङ्कन, बिष्णु खड्काको सम्पादन छ । भिडियोको निर्देशक विक्की पुलामीले गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप