१९ औं किम्फमा २८ देशका ६० चलचित्र प्रदर्शन

person explore access_timeमंसिर १९, २०७८ chat_bubble_outline0

काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ गतेसम्म आयोजना हुने भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै आयोजकले अवार्डको विभिन्न पक्ष जानकारी गराएको छ ।


वृत्तचित्र, फिक्सन, प्रयोगात्मक, लघु चलचित्र र एनिमेसन गरी विभिन्न २८ देशका ६० भन्दा बढी चलचित्र अनलाइन र प्रत्यक्ष देखाइने महोत्सव चलचित्र विकास बोर्डको हलमा आयोजना हुन लागेको हो । यस वर्षको किम्फको उपशीर्षक ‘जलवायु कर्म’ राखिएको छ । स्वीस पत्रकार तथा पर्वतारोही मारियो कासेला, स्वीस पत्रकार तथा फिल्म निर्माता क्यारोलिन फिङ्क र नेपाली अभिनेता तथा निर्देशक अनुप बराल निर्णायक रहेका छन् । उनीहरुले किम्फमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छानिएका ४० चलचित्र र नेपाली पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्सन चलचित्रको निर्णय गर्नेछ ।



महोत्सवमा प्रथमले २ लाख, दोस्रोले डेढ लाख र तेस्रोले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजार र उत्कृष्ट चलचित्रले एक लाख पाउनेछन् । यस्तै उत्कृष्ट माउन्टेन फिल्मले एक हजार अमेरिकी डलर प्राप्त गर्ने आयोजकले बताएको छ । 



अमेरिकी फोटोग्राफर सिरा क्रोवेलको मास्टर क्लास समेत रहेको महोत्सवमा ‘मेरो खोज यात्रा’ नामक स्वीस भू-वैज्ञानिक टोनी हेगनको बिल्डिङ ‘ब्रिज टु द थर्ड वल्र्ड’को नेपाली अनुवाद तथा ‘सस्टेनेबल समिट्स–क्लाइमेट सोलुसन्स फ्रम टप अफ दी वल्र्ड’ लगायत फिल्म समेत  प्रदर्शन हुनेछ । महोत्सवले दर्शकलाई मनोरञ्जन र सचेतना प्रदान गर्ने किम्फका अध्यक्ष वसन्त थापाले जानकारी दिए ।
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।