शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : लुम्बिनीमा पौडेल पक्षका उम्मेदवारको अग्रता कायमै

आइतबार, १९ मङ्सिर २०७८, १९ : ५०
आइतबार, १९ मङ्सिर २०७८

काँग्रेसको लुम्बिनी प्रदेश अधिवेशनको मतगणनामा सुरुवाती चरणदेखि संस्थापन इतर पक्षका उम्मेदवारले अग्रता लिएकोमा पछिल्लो समय मतान्तरलाई झनै फराकिलो बनाउँदै लगेका छन् ।

संस्थापन इतर पक्षबाट सभापति पदका उम्मेदवार अमरसिंह पुन ३६५ मत गन्दा ६९ मतले अगाडि थिए भने ४७८ मत गन्दा उनले २९५ मत हासिल गरेका छन् भने संस्थापन पक्षका भरतकुमार शाहले १७८ मत प्राप्त गरेका छन् ।

उपसभापति पदमा संस्थापन इतर पक्षका अष्टपुजा पाठक २७६ र भुवनप्रसाद श्रेष्ठले २८६ मत प्राप्त गरेका छन् ।

यता शाहको प्यानलबाट उपसभापतिमा राजु खनाल र सुधाकर पाण्डेले क्रमशः १९३ र १४९ प्राप्त गरेका छन् ।

महामन्त्रीमा पनि पुन समूहले नै अग्रता लिएको छ । महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्रराज आचार्यले लिड गरेका छन् । खनालले २९३ मत प्राप्त गरेका छन् भने आचार्यले २८३ मत प्राप्त गरेका छन् ।

उनीहरुका प्रतिस्पर्धी खिमानसिंह रायमाझीले १५४ र जन्मजय तिमल्सिनाले १६० मत प्राप्त गरेका छन् ।

सहमहामन्त्री खुल्लातर्फ बिष्णु खानाल मुस्कानले २९१, खगराज पाण्डेले २६२ र महिलातर्फ सहमहामन्त्रीमा निमा गिरीले २७० मत प्राप्त गरेका छन् । सहमहामन्त्रीमा पनि पुन समूहकै अग्रता छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप