शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

३३ किलो सुन तस्करीमा फरार ‘गोरे’ समूहका एकजना पक्राउ

आइतबार, १९ मङ्सिर २०७८, २० : १४
आइतबार, १९ मङ्सिर २०७८

त्रिभुवन विमानस्थलबाट पास गरिएको ३३ किलो सुन तस्करी प्रकरणमा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले आइतबार त्रिभुवन विमानस्थलबाट कृष्णगोपाल अग्रवाललाई पक्राउ गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । दुबईमा बस्दै आएका अग्रवाललाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सूचनाका आधारमा पक्राउ परेका हुन् ।

झापाको शिवगञ्ज घर भएका ५० वर्षीय अग्रवाललाई प्रहरीले २०७५ साउन ८ मा रेड नोटिस जारी गरेको थियो । सुन तस्कर चूडामणि उप्रेती ‘गोरे’को समूहका अग्रवाललाई  आपराधिक समूह स्थापना गरेर सुनको अवैध चोरी पैठारी र निकासी गरेको अभियोगमा जिल्ला अदालत मोरङले वारेन्ट जारी गरेको थियो ।

विमानस्थलबाट पास भएपछि हराएको भनिएको ३३ किलो सुनमा अग्रवालको पनि लगानी रहेको सुन तस्करी छानविन गर्न गठित समितीले गरेको अनुसन्धानबाट थाहा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप