ad
x
राजनीति

बागमती प्रदेश सभापतिमा देउवा पक्षका बानियाँ विजयी

person explore access_timeमंसिर १९, २०७८ chat_bubble_outline0

नेपाली काँग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको मतदान परिणाम अनुसार बानियाँले १०८५ मत ल्याएर बागमती प्रदेश सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई १५८ मतान्तरले पराजित गरेका हुन् । केसीले ९२७ मत प्राप्त गरेका छन् ।  २०२६ मत खसेकोमा १४ मत बदर भएको छ ।


बानियाँलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षको समर्थन थियो भने केसीको पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह उभिएको थियो । पहिलो चरणमा सिटौला समूहका भीमसेनदास प्रधान प्रतिस्पर्धामा थिए ।



पहिलो चरणको मत परिणाम अनुसार तेस्रो भएपछि प्रधानले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका बानियाँलाई साथ दिएका थिए । प्रधानको साथ पाएपछि बानियाँ केसीलाई पराजित गरी नेपाली काँग्रेस बागमती प्रदेशको पहिलो सभापति बन्न सफल भएका छन् ।



बागमती प्रदेश काँग्रेस संसदीय दलका नेता बानियाँ मकवानपुर जिल्ला सभापति समेत छन् । यसअघि देउवा नेतृत्वको सरकारमा बानियाँले गृह राज्यमन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।