शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवन महोत्सवको मुख्य प्रायोजक बन्यो टेस्ला

आइतबार, १९ मङ्सिर २०७८, २२ : ०४
आइतबार, १९ मङ्सिर २०७८

टेस्ला एयर कन्डिसनर १३ औं चितवन महोत्सवको मुख्य प्रायोजक बनेको छ । यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म चितवनको नारायणी नदी किनारमा हुने महोत्सवमा टेस्ला प्रमुख प्रायोजक बनेको हो । चितवन महोत्सव कोभिड १९ महामारीका कारण गत वर्ष हुन सकेको थिएन । वि.स. २०५३ सालदेखि हरेक २ वर्षमा आयोजना हुँदै आएको महोत्सवको १२ औं संस्करणको प्रमुख प्रायोजक पनि टेस्ला नै थियो ।

टेस्लाका अध्यक्ष किरण आचार्यले महोत्सवको प्रमुख प्रायोजक बन्न पाउँदा खुसी लागेको बताएका छन् । उनले अघिल्लो पटकको मुख्य प्रायोजक समेत रहेको टेस्लाले महोत्सवलाई सफल बनाउन सम्पूर्ण शक्ति लगाउने बताए ।
उद्योग वाणिज्य सङ्घ चितवन आयोजक र भरतपुर महानगरपालिका एवं जिल्ला समन्वय समिति चितवन महोत्सवको प्रबन्धक रहेका छन् । टेस्ला चितवन स्थित भूलक्ष्मी ग्रुपले उत्पादन गर्दै आएको नेपाली ब्रान्डको एयर कन्डिसनर हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप