शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा निर्वाचित

आइतबार, १९ मङ्सिर २०७८, २३ : २५
आइतबार, १९ मङ्सिर २०७८

प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनबाट बिष्णु सापकोटा ‘जुगल’ सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन् । मंसिर १८ र १९ गते चितवनमा सम्पन्न महाधिवेशनले सापकोटाको नेतृत्वमा १९९ सदस्यीय केन्द्रीय समिति, सल्लाहकार समिति, नीति तथा परामर्श समिति, अनुशासन समिति र लेखा समिति पनि गठन गरेको छ । 

अध्यक्ष बाहेकका अन्य पदाधिकारी भने अब बस्ने केन्द्रीय कमिटीले  निर्वाचित गर्ने जनाइएको छ । प्रेस सेन्टरको विधानअनुसार अध्यक्षसहित ३९ जनाको पदाधिकारी रहने ब्यबस्था छ ।  सम्मेलनमा देशैभरबाट ७०० जना प्रतिनिधिको उपस्थिति रहेको थियो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप