ad
x

पुरुष भलिबल : दोस्रो चरणका लागि १६ खेलाडी छनोट

person explore access_timeमंसिर २०, २०७८ chat_bubble_outline0

बंगलादेशमा आयोजना हुने एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघ (एनभिए) ले दोस्रो चरणका लागि १६ खेलाडी छनोट गरेको छ । मुख्य प्रशिक्षक हान एबिङले प्रारम्भिक टोलीमा रहेका २० खेलाडीबाट दोस्रो चरणमा १६ खेलाडी छनोट गरेका हुन् । 


पहिलो चरणका छनोटबाट चार खेलाडी बाहिरिएका छन् । जसमा झमन सिंह दर्जी, दिल बहादुर सुनार, विजय थापा र दुर्गा महतो १६ भित्र पर्न असफल भए । भलिबल च्याम्पियनसिप आगामी २१-२९ डिसेम्बरसम्म सञ्चालन हुँदैछ ।



संघले अन्तिम १२ सदस्यीय टोली घोषणा अर्काे साता हुने जनाएको छ । १६ सदस्यीय टोलीः इमबहादुर राना, हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, धिरज बस्नेत, टेकराज अवस्थी, हरिबहादुर अधिकारी, दुर्गाबहादुर खड्का, भैरव बम, दीपकराज जोशी, विशाल विक, सरन सामरी क्षेत्री, रवीन चन्द, विनोद चन्द र ईश्वर थापा ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।