शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तान : २२ देश मिलेर तालिबानलाई दिए चेतावनी

सोमबार, २० मङ्सिर २०७८, ०८ : ०५
सोमबार, २० मङ्सिर २०७८

अमेरिका र सहयोगी राष्ट्रले तालिबानलाई पूर्व अफगान सुरक्षाबललाई निशाना बनाउन छोडिदिन चेतावनी दिएका छन् । २२ देशले एक साझा बयान जारी गर्दै तालिबानको इस्लामी सरकारलाई पूर्व सरकारी कर्मचारी र सुरक्षाबललाई निशाना नबनाउने आफ्नो बचनमाथि कायम रहन भनेको छ ।

बयानमा भनिएको छ, ‘हामी निरंकुश हत्या र मानिसहरु हराएको रिपोर्टले असाध्यै चिन्तित छौं ।’ यसअघि ह्युमन राइट्स वाचको एक रिपोर्टमा तालिबान शासनदेखि हालसम्म सयभन्दा बढी पूर्व सुरक्षाकर्मीको निरंकुश हत्या गरिएको बताएको छ । तालिबानले चार महिना अघि अफगानिस्तनमाथि नियन्त्रण गरेको थियो ।

ह्युमन राइट्स वाचले यस्ता ४७ पूर्व सुरक्षाबलको डाटा पनि जुटाएको छ जसले १५ अगस्टदेखि ३१ अक्टोबरबीच या त तालिबानको समक्ष आत्मसमर्पण गरेका थिए वा तालिबानले उनीहरुलाई पक्राउ गरेका थिए । पछि उनीहरुको हत्या गरिएको थियो । तालिबानले अफगानिस्तामा शासन सम्हालेपछि पूर्व सरकारका कर्मचारी र सैनिकलाई कुनै पनि प्रकारको हानी पुर्याइने छैन भनेर विश्वास दिलाएका थिए ।

अमेरिकाले एक संक्षिप्त साझा बयान जारी गरेको छ जसमा बेलायतसमेत युरोपेली संघ र अन्य १९ देशले हस्ताक्षर गरेको छ ।

यी देशले अफगानिस्तानमा भइरहेको हत्या र मानिसहरु हराइरहेको घटनामाथि चिन्ता व्यक्त गरेको छ र यसलाई गम्भीरताले अनुसन्धान हुनुपर्ने माग राखेको छ ।

बयानमा भनिएको छ, ‘हामी तालिबानलाई उसले उठाएको कदमको आधारमा नै मूल्याङ्कन गर्न जारी राख्नेछौं ।’

यसअघि आएको मानवाधिकार रिपोर्टमा पनि तालिबानमाथि निरंकुश हत्या गरेको आरोप लगाइएको छ । यस्ता थुप्रै घटना भएक छन् जसमा तालिबानले आफ्नो बचनविरुद्ध कारवाही गरेको छ ।

यस वर्ष अगस्टमा एमनेस्टी इन्टरनेशनलले एक रिपोर्ट प्रकाशित गरेको थियो । ३० अगस्टमा तालिबानकमा करिब तीन सय लडाकुमा दहानी कुल गाउँ नजिकै पुगेको एमनेस्टीलाई थाहा भएको थियो । यहाँ थुप्रै पूर्व सैनिकका परिवार बसिरहेका थिए ।

यो रिपोर्टका अनुसार तालिबानसमक्ष आत्मसमर्पण गर्ने ९ सैनिकलाई गोली हानिएको थियो । दुई अन्य सैनिकको मृत्यु पनि गोलीबारी भएको थियो । यो घटनापछि भएको झडपमा दुई सर्वसाधारण पनि मारिएका थिए । मारिएकामध्ये एक १७ वर्षका एक युवती पनि थिइन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप