शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विदेश जान लागेकी ज्याकलिनलाई मुम्बई विमानस्थलमा रोकियो

सोमबार, २० मङ्सिर २०७८, ०८ : ४४
सोमबार, २० मङ्सिर २०७८

बलिउड नायिका ज्याकलिन फर्नान्डिजलाई आइतबार बेलुका मुम्बई विमानस्थलमा विदेश जानबाट रोकिएको छ । उनी सलमान खानको ‘द ब्याङ्ग’ टुरका लागि साउदी अरबको रियाद जाँदै थिइन् । ज्याकलिन फर्नान्डिससँग २ सय करोडको मनी लन्ड्रिङ मुद्दामा सोधपुछ चलिरहेको छ । यो मुद्दा धोका दिएको आरोपमा फसेका सुकेश चन्द्रशेखरसँग जोडिएको छ ।

यसै सिलसिलामा उनलाई विमानस्थलमा रोकिएको हो । घटनाको अनुसन्धान गरिरहेका इन्फोर्समेन्ट डायरेक्टोरेट (इडी) को तर्फबाट ज्याकलिनविरुद्ध लुकआउट सर्कुलर जारी गरिएको छ । यो मामिलामा इडीले नायिका नोरा फतेहीसँग पनि सोधपुछ गरिसकेको छ ।

ज्याकलिनले उपहारस्वरुप पाएकी थिइन् ९ लाखको बिरालोः

इडीका अनुसार सुकेश चन्द्रशेखरको तर्फबाट गरिएको २ सय करोड भारुको जबर्जस्ती असुली गरेको आरोपमा ज्याकलिन मुख्य साक्षी हुन् । सुकेश हाल दिल्लीको तिहाड जेलमा कैद छ । ज्याकलिन सुकेशसँग डेट गरिरहेको पनि आरोप छ  । यतिबेला सुकेशले ज्याकलिनलाई थुप्रै महँगा उपहार दिएका छन् । यीमध्ये ९ लाख भारुको एउटा बिरालो पनि छ ।

सुकेशले सोधपुछमा गरेका थिए खुलासाः

मिडिया रिपोर्ट अनुसार सुकेश चन्द्रशेखरले सोधपुछका बेला उनले ज्याकलिनलाई ५२ लाख भारुको एउटा घोडा र चार फारसी बिरालो उपहारमा दिएका थिए । यीमध्ये एउटा बिरालाको मुल्य ९ लाख भारु हो । इडीले ज्याकलिन र सुकेश नजिकका हुन् भनेर प्रमाणित गर्ने फोटोसमेत भेटेका छन् । इडीले ज्याकलिनलाई अगस्टमा पनि सोधपुछ गरेको थियो । यो मामिलामा सुकेश चन्द्रशेखर, उनकी श्रीमती लिना मारिया पल र ६ अन्य व्यक्तिविरुद्ध ७ हजार पानाको आरोपपत्र दर्ता गरिएको छ ।

सुकेश चन्द्रशेखर धोकाका मास्टरमाइन्डः

दिल्ली प्रहरीको आर्थिक अपराध शाखाामा सुकेश र अन्य व्यक्तिविरुद्ध एफआइआर दर्ता छ । इडीले छापामारीपछि सुकेश चन्द्रशेखर यसका मास्टरमाइन्ड बताएको छ । उनी १७ वर्षको उमेरदेखि नै अपराधको दुनियाँको हिस्सा हुन् । २४ अगस्टमा सुकेशको चेन्नईमा समुद्रतर्फ फर्किएको बंगला सिज गरिएको थियो । बंगलाबाट ८२.५ लाख भारु, २ किलो सुन र १२ भन्दा बढी विलासी कार जफत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप