बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

न्युजिल्याण्डविरुद्ध भारतको शानदार जीत

सोमबार, २० मङ्सिर २०७८, १० : ४५
सोमबार, २० मङ्सिर २०७८

मुम्बईमा खेलिएको टेस्ट शृङ्खलाको दोस्रो तथा अन्तिम टेस्टमा भारतले न्युजिल्याण्डलाई ३ सय ७२ रनको विशाल अन्तरले पराजित गरेको छ । भारतले न्युजिल्याण्डसामु जितका लागि ५ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, किवी टोली मात्र १ सय ६७ रनमा समेटियो । टेस्ट क्रिकेटमा रनको हिसाबमा भारतको यो सबैभन्दा ठूलो जीत पनि हो ।

न्युजिल्याण्डलाई सस्तोमा समेट्न रवीचन्द्र अश्विन र जयन्त यादवले ४–४ विकेट लिए । न्युजिल्याण्डका लागि डेरल मिचेलले सर्वाधिक ४४ रन बनाए । हेनरी निकोलसले ४४ रन बनाउँदा विल यङले २० रनको योगदान दिए ।

यसअघि, भारतले पहिलो इनिङ्ग्समा ३२५ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्ड मात्र ६२ रन मा अलआउट हुन पुगेको थियो । भारतले दोस्रो पारीमा ७ विकेटको क्षतिमा २७६ रन बनाएर पारी समाप्तिको घोषणा गरेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप