शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२३ मंसिरबाट नेपाल आइडल सुरु

सोमबार, २० मङ्सिर २०७८, ११ : ०३
सोमबार, २० मङ्सिर २०७८

चर्चित रियालिटी सो नेपाल आइडलको चौंथो सिजन २३ मंसिरबाट प्रसारणमा आउँने भएको छ । शोका होस्ट आसिफ शाहले सामाजिक सञ्जालमार्फत शो प्रसारण मिति सार्वजनिक गरेका हुन् ।

राती ८ः ३० बजे एपीवान टेलिभिजनबाट प्रसारण हुने शोका निर्देशक लक्ष्मण पौडेल हुन् । करिब ४ महिना चल्ने आइडलको चौंथो सिजनका लागि सय प्रतिस्पर्धी छानिएका थिए भने गाला राउन्डसम्म पुग्दा १२ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

शोमा यसपटक भर्सनटायल संगीतकार शम्भुजित बाँस्कोटा, गायक सुगम पोखरेल र गायिका शिवानी मोक्तान निर्णायकको रुपमा छन् । यस अगाडिका सबै सिजन चर्चामा रहन सफल भएको कारण आयोजकले यो शो पनि चर्चामा रहने आस गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप