शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्वोच्चको समस्या संवादबाट समाधान हुनुपर्छ :  माधव नेपाल

सोमबार, २० मङ्सिर २०७८, १२ : ५३
सोमबार, २० मङ्सिर २०७८

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या सबै पक्षको संवादबाट समाधान हुनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज सङ्क्षिप्त कुराकानीका क्रममा उनले लोकतन्त्रको सुदृढीकरण र सङ्घीयता रक्षा गर्न बनेको राजनीतिक गठबन्धनमा कुनै समस्या नदेखिएको बताए ।

अध्यक्ष नेपालले तीन तहको एकैपटक निर्वाचन गर्ने हो वा अलग अलग गर्ने हो त्यस विषयमा छलफल भइरहेको बताउँदै आफूले गठबन्धन गर्दा राम्रो अरुले गर्दा नराम्रो मानसिकता खराब भएको बताए । उनले अरु निर्वाचनमा मुलुक प्रवेश नगरेको र केही दिनमा हुने राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनले झन सफलता हासिल गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप