बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

शेखरसहितका नेताले मत नहाल्दा सभापतिमा हारे गुरुराज

सोमबार, २० मङ्सिर २०७८, १७ : ००
सोमबार, २० मङ्सिर २०७८

नेपाली काँग्रेस प्रदेश १ को अधिवेशनमा संस्थान इतर पक्षका चार नेताले मतदान गरेनन् । काँग्रेस केन्द्रीय सदस्य शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसीले मतदान नगरेका हुन् । उनीहरू मतदान स्थलमै पुगेको भए पनि मतदान नगरेको पाइएको हो ।

निर्वाचनमा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहका उद्धव थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा बाजी मारे । संस्थापन इतर पक्षका प्रदेश सभापतिका प्रत्यासी गुरुराज घिमिरे पराजित हुन पुगे । आफू पक्षीय चार नेताले मत नहालिँदा ८४२ मत पाएका घिमिरेलाई २ मत अपुग भयो ।

कोइरालाले प्रदेशमा मत हाल्दा केन्द्रमा चुनाव लड्न पाइँदैन कि भनेर मत नहालेको उनको सचिवालयले जनाएको छ । तर काँग्रेस निर्वाचन समितिले मतदान गर्दा केन्द्रमा उम्मेदवार बन्न नरोक्न बताएको थियो । काँग्रेसको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार प्रदेशमा चुनाव लडेकाले मात्र केन्द्रीय कार्यसमितिका लागि उम्मेदवार हुन नपाउने व्यवस्था छ ।

शेखर कोइरालाले मागे क्षमा

नेता कोइरालाले प्रदेश १ को अधिवेशनमा मतदान नगरेकोप्रति क्षमा मागेका छन् । ‘काँग्रेस १४औं महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने–नपाउने विषय शुरुदेखि नै “संशय” थियो। कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो। तसर्थ मतदान नगर्नु उपर्युक्त ठानें। यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु,’ उनले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप