शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भविष्यमा देखिने महामारी थप घातक हुनसक्ने वैज्ञानिकको चेतावनी

सोमबार, २० मङ्सिर २०७८, १४ : ००
सोमबार, २० मङ्सिर २०७८

अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन बनाउने प्राध्यापकले भविष्यमा देखिने महामारी वर्तमान कोरोना संकटभन्दा पनि घातक हुने चेतावनी दिएकी छिन् । प्राध्यापक डेम सारा गिल्बर्टले ४४ औं रिचर्ड डिम्बलबी लेक्चरमा महामारीको तयारीका लागि थप कोषको आवश्यकता भएको बताउँदै यसो गरे मात्रै प्रकोप रोक्न सक्ने बताएकी छिन् ।

उनले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनमाथि भ्याक्सिनको प्रभाव कम हुनसक्ने पनि चेतावनी दिएकी छिन् ।​ गिल्बर्टका अनुसार जबसम्म यो नयाँ भेरियन्टबारे थप जानकारी प्रकाशित हुँदैन तबसम्म मानिसहरु थप सावधान रहन आवश्यकता छ ।

उक्त लेक्चरमा उनले भनिन्, ‘कुनै भाइरसले हाम्रो जीवन र हाम्रो आजिविकालाई खतरा निम्त्याइरहेको यो अन्तिम पटक होइन । वास्तविकता त यो हो कि अर्को महामारी अझै खतरनाक हुनसक्छ । यो थप संक्रामक र थप घातक दुबै हुनसक्छ ।’

 


‘हामीले यसपटक जे देख्यौं र हामी जुन परिस्थितिमा छौं, पछि पनि यस्तै होला भन्ने त छैन तर कोरोनाका कारण भएको भारी आर्थिक नोक्सानीका कारण महामारीसँग जुध्ने तयारीका लागि हामीसँग फन्ड छैन ।’

‘हामीले यसबाट जे सिकेका छौं र हाम्रो जुन अनुभव रह्यो त्यो व्यर्थ हुनुभएन ।’

ओमिक्रोनमा एन्टीबडीको असर कम हुनसक्छः

ओमिक्रोन भेरियन्टबारे कुरा गर्दै उनले भनेकी छिन्, ‘यसको स्पाइक प्रोटिनमा म्यूटेशन भएको छ जसले भाइरसको संक्रमण बढाउने काम गर्छ ।’

उनले थपिन्, ‘यो भेरियन्ट थोरै भिन्न छ जसका कारण भ्याक्सिनले बन्ने एन्टीबडी वा अन्य भेरियन्टको संक्रमणबाट बन्ने एन्टीबडी ओमिक्रोनको संक्रमण रोक्न कम प्रभावकारी हुन पनि सक्छ ।’

‘जबसम्म हामीले यो नयाँ स्ट्रेनबारे थप जानकारी पाउँदैनौं तबसम्म हामी सतर्क रहनुपर्छ र यसको प्रसारलाई कम गर्ने कोसिस गर्नुपर्छ ।’

यसबारे उनी थप्छिन्, ‘यद्यपि भ्याक्सिनको प्रभाव कम हुन सक्ने सम्भावना बारे बताउनुको अर्थ संक्रमण असाध्यै गम्भीर वा मृत्युको स्थिति निम्तिन सक्छु भन्ने होइन ।’

गिल्बर्टले महामारीका बेला खोपको निर्माण र औषधीको वितरणमा आएको तीब्रतालाई अन्य रोगका लागि पनि लागू गर्नुपर्ने माग राखेकी छिन् ।

उनका अनुसार अन्य रोग जस्तै इन्फ्लूएन्जाका लागि पनि एउटा युनिभर्सल खोप बन्नुपर्छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप