बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

देउवासँग सिग्देल गुटका पत्रकारको छलफल, गोविन्द परियारको बहिस्कार

सोमबार, २० मङ्सिर २०७८, १४ : ३७
सोमबार, २० मङ्सिर २०७८

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने विषयमा आफ्नो गुटका पत्रकारसँग अन्तरक्रिया गरेका छन् ।

सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले नेपाल प्रेस युनियनका अध्यक्ष बन्द्री सिग्देल गुटका पत्रकारसँग अन्तक्र्रिया गरेका हुन् । सिग्देल, सुरेश आचार्य र समिरजंग शाहको संयोजनमा सभापतिमा दोहोरिने योजनामा रहेका देउवालाई सहयोग गर्न बालुवाटारमा केही पत्रकारहरुलाई बोलाइएको थियो ।

जसमा प्रधानमन्त्री देउवाका प्रेस सल्लाहका गोविन्द परियार भने सहभागी थिएनन् । बालुवाटारको हलमा भएको अन्तरक्रियामा परियार एक पटक झुल्केर बाहिरिएका थिए । सिग्देल गुटका पत्रकारसँग देउवाले आफू सभापतिका दोहोरिन चाहेको भन्दै सहयोगका लागि आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप