बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से परिसूचक ३२.२२ अंकले वृद्धि

सोमबार, २० मङ्सिर २०७८, १५ : ५०
सोमबार, २० मङ्सिर २०७८

दुई सातादेखि निरन्तर रुपमा गिरावट आएको सेयर बजार मापक नेप्से परिसूचक सोमबार ३२ अंकले सुधार देखिएको छ । आज दिनभरी उतार चढावका बीच नेप्से परिसूचक ३२.२२ अंकले वृद्धि भएर २ हजार ५४६.०८ अंक पुगेको छ । आइतबार नेप्से परिसूचक  ७२.३२ अंकले घटेर २ हजार ५१३.८७ अंकमा झरेको थियो ।   आज कारोबारमा आएका २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता सेयर ४ अर्ब ५४  करोड २३ लाख ४५ हजार २७१ रुपैयाँ बराबरको कारोबार भएको  छ । आइतबारको तुलनामा कारोबार रकम पनि वृद्धि भएको छ ।  त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.६१ प्रतिशत, फ्लोट इण्डेक्स १.३४  प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५९ प्रतिशत वृद्धि भएको छ ।

आइतबार १३ वटै उपसमूहको परिसूचकमा गिरावट नेप्से सोमबार भने सबै उपसमूहमा हरियाली छाएको छ । जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी ३.४५ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत २.८८, फाइनान्स २.५४,अन्य उपसमूह १.६१, होटल तथा पर्यटन १.३९, माइक्रो फाइनान्स १.३५, व्यापार ०.१५, बैंकिङ्ग ०.७६, निर्जीवन बीमा ०.२३ , उत्पादन तथा प्रशोधन १.०६ र जीवन बीमा उपसमूहको परिसूचक ०.९२ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था र एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मेरो लघुवित्तको सेयरमूल्य १०५ रुपैयाँ २० पैसा बढेर १ हजार १५७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.५५ प्रतिशत र साहस उर्जाको ८.१७ प्रतिशत , महुली सामुदायिक र बोटलर्स नेपाल तराईको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। तर, जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य सबैभन्दा बढी ६.८८ प्रतिशत घटेको छ।

आज सबैभन्दा बढी १७ करोड १५ लाख ९३ हजार रुपैयाँ नबिल बैंकको कारोबार भएको छ । कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको नेशनल हाइड्रोपावर कम्पनीको १५ करोड ३२ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप