बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

टिपरको ठक्करबाट प्युठानमा आमाछोराको मृत्यु

सोमबार, २० मङ्सिर २०७८, १५ : ५४
सोमबार, २० मङ्सिर २०७८

प्युठानमा टिपरको ठक्करबाट अटोमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका वडा नम्बर ३ घुर्चनेका ३५ वर्षीया अमृत थापा र उनका ४ वर्षीया छोरा सुशान्त थापा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

आज दिउँसो स्थानीय चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको ना ८ ख ३९०३ नम्बरको टिपरले रा १ ह ५७०७ नम्बरको अटोलाई प्युठानको माण्डवी गाउँपालिका ५ स्थित चकचके –चेरनेटा सडकखण्डमा ठक्कर दिँदा उनीहहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु जुम्रीबाट अटो रिजर्भ गरेर स्वर्गद्वारीतर्फ जाँदै गर्दा टिपरले ठक्कर दिएको हो । प्रहरीले दुर्घटनामा अटोमा सवार  प्युठान नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ८ की दुर्गा थापा, ३० वर्षीया पुनम थापा , १६ वर्षीया विपना थापा र १० वर्षीया शुष्मा थापा घाइते भएको जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जनाएको छ ।  दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप