बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युवराज केसीको नेतृत्वमा नेपाली जनप्रगतिशील मञ्च बहराइनको नयाँ कार्यसमिति चयन

सोमबार, २० मङ्सिर २०७८, १६ : ०३
सोमबार, २० मङ्सिर २०७८

नेपाली जनप्रगतिशील मञ्च बहराइनको तेस्रो अधिवेशनले युवराज केसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्ष केसीकै सभापतित्व तथा नेकपा माओवादी केन्द्रका प्रवास कमिटी अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा मञ्चका पूर्व अध्यक्ष शनिकुमार ओली, प्रवास समिति प्रेस सेन्टरका संयोजक आरबी खड्का, मध्यपूर्व सचिव हरि नेपाली, मञ्चका प्रमुख सल्लाहकार जीवन श्रेष्ठ, पूर्व अध्यक्ष नारायण रपाल विश्वकर्मा लगायत सहभागी थिए ।

अधिवेशनलाई प्रवास कमिटी अध्यक्ष शर्मा, मध्यपूर्व अध्यक्ष ओलीले भर्चुअल माध्यममार्फत उद्घाटन गरेका थिए भने कार्यक्रमका सभापति केसी र प्रमुख सल्लाहकारले दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए ।

अधिवेशनमा मञ्चका प्रमुख सल्लाहकार जीवन श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए । यसै क्रममा नेपाली क्लब बहराइनका अध्यक्ष कमल श्रेष्ठ, नेपाली जनप्रगतिशील मोर्चा एरिया सेक्रेटरी धनबहादुर जैशी, नेपाली समाजका कार्यवाहक अध्यक्ष रामसेवक महतो, प्रवासी मञ्च बहराइनका सचिव हरि श्रेष्ठ, नेपाली जनसम्पर्क समितिका सभापति पदमसुन्दर गुरुङले पनि कार्यक्रमलाई प्रत्यक्ष उपस्थितिमा सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई भर्चुअल माध्यमबाट नेपाली जनप्रगतिशील मञ्च मध्यपूर्वका सचिव हरि नेपाली, अध्यक्ष शनि कुमार ओली एवम् प्रवास कमिटी अध्यक्ष ओम शर्माले सम्बोधन गरेका थिए ।

अधिवेशनमा मञ्चका पूर्व अध्यक्ष नारायण रपाल विश्वकर्माले प्रतिवेदन पढेर सुनाएका थिए । सो अवसरमा मञ्चका पूर्व अध्यक्ष धर्मराज भट्टराई, क्षेत्र प्रसाद देवकोटा, पूर्व प्रमुख सल्लाहकार तिलक सापकोटा, प्रमुख सल्लाहकार जीवन श्रेष्ठ, पुर्व अध्यक्ष नारायण रपाल विश्वकर्मा, वरिष्ठ उपाध्यक्ष रामु काफ्ले, नेपाली जनसम्पर्क समिति बहराइनका सभापति पद्म सुन्दर गुरुङ, प्रवासी एकता मञ्च बहराइनका शालिकराम पन्त लगायतलाई उनीहरुले समाजमा पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको थियो ।

बन्द सत्र सकिएलगत्तै नयाँ नेतृत्वका लागि निर्वाचन भएको थियो । नव निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई अबिर, दोसल्ला ओढाएर प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप