शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सार्वभौम अधिकार खण्डन नहुने गरी एमसीसी परिमार्जन गर्न सांसदहरूको सुझाव

सोमबार, २० मङ्सिर २०७८, १७ : २०
सोमबार, २० मङ्सिर २०७८

सरकारले विभिन्न देशका लागि प्रस्तावित गरेका राजदूतको सोमबार संसदीय सुनुवाइ भइरहेको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा बसेको समितिको बैठकमा प्रस्तावित राजदूतहरुको सुनुवाइ भइरहेको हो ।

वेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य र भारतका लागि प्रस्तावित राजदूत डा.शंकर शर्माको संसदीय सुनुवाइ सकिएपछि अहिले अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीको सुनुवाइ सुरु भएको छ । 

सोही क्रममा प्रस्तावित राजदूत खत्रीलाई सांसदहरूले एमसीसीलागयतका विषयमा विभिन्न सुझाव दिएका छन् । 

देव गुरूङ

हामी सामुहिकतावादमा छौं । विकासमा पश्चिमा सभ्यताले लिड गरिरहेको छ । पछिल्लो समय पूर्वीय सभ्यताले लिड गर्दै गएको छ । तीव्र प्रतिस्पर्धामा गएको छ । अस्वस्थताको प्रतिस्पर्धाले शीतयुद्ध र क्षेत्रीय युद्धको खतरा बढ्दैछ । क्षेत्रीय सुरक्षा गठबन्धनले तेस्रो विश्वयुद्धको खतरा छ । यस्तोमा हाम्रो सुरक्षा र स्वाधिनता कुनै पनि ध्रुवमा नगई तटस्थ सम्वादमा जोड दिनुपर्छ ।

अमेरिकाले दिएका सोच र चिन्तन पछिल्लो समय समस्याका रूपमा  बढ्दै गएको छ । हामी त्यसबाट बचेर शान्तिपूर्ण रूपमा स्थिरता, हाम्रो स्वाधिनता कसरी जोगिन्छ भन्ने ध्यान दिनुहोला । अमेरिकाका स्वार्थबाट कसरी जोगाउने, सन्तुलित कसरी बनाउने चुनौती छ, त्यसमा ध्यान दिनुहोला । 

सुरक्षा दृष्टिबाट नेपाललाई आफ्नो पक्षमा पार्न कुनै न कुनै रूपमा अमेरिकाले पार्टनरसीप प्रयास गरेको छ । हिन्द महासागरमा सेना परिचालन छ । आणविक अस्त्र तयार पार्दै छ । स्ट्राटेजिक पार्टनरसिप नेपाल होमिन थालेपछि आईपीएसको मेम्बर घोषणा गर्यो । त्यसबाट कसरी मुक्त बनाउने चुनौती छ । एमसीसी आईपीएसको पार्ट हो भने कुरा खण्डन हुनुपर्छ । सहायता हो भने संसदबाट पारित किन गराउनुपर्ने ? यसमा शंका पैदा भयो । 

एमसीसीमा केही न केही स्वार्थ छ । विकास सहायता नलिने भन्ने कुरै होइन । राष्ट्रिय स्वाधिनतासँग बाझियो । यसलाई कति सकिन्छ सच्याउनुपर्छ । यसमा पहल गर्नुहोला । राष्ट्रिय सहमति पनि आवश्यक छ । संसदबाट पारित गर्नुपर्ने प्रावधान हटाउनुपर्छ । युएसआईडी, जाइका सबैमा सरकारसँग सहमति गरेर हुने, एमसीसीमा किन संसदबाट पारित गर्नुपर्ने ? एमसीसीमा शर्त नै शर्त राखिएको छ । 
सार्वभौम अधिकार खण्डन नहुने गरी सम्झौता परिमार्जन गर्न भूमिका खेल्नुहोला । 

भीमसेनदास 

नेपालमा सेना ल्याउने कुरा अफवाह नै हो । भारत र चीनले नै राख्न दिन्न । के के पोलिटिकल इन्ट्रेस्ट हो थाहा छैन । एमसीसीमा राजनीति गरेर स्वार्थ पूरा होला । तर, अमेरिकासँगको सम्बन्ध के हुन्छ, विश्वमा के असर पर्छ, ख्याल गर्नुपर्छ । अमेरिकाले आक्रमण गर्न यहाँ सेना राख्नै पर्दैन । उसको स्वार्थमा असर पर्यो भने सिधै हान्न सक्छ । नेपाल सेफ ठाउँमा छ । कसैले हान्न सक्दैन । त्यसकारण एमसीसीको नाममा अफवाह फैलाउनुको तुक छैन ।

सुरेन्द्र पाण्डे 

नेपाल अमेरिका सम्बन्ध ज्यादै महत्वपूर्ण छ । द्विपक्षीय सम्बन्धमा ठूलो सहयोग रहँदै आएको छ । सहयोग सुदृढ र बलियो बनाउनेमा ध्यान जाओस् । 

हाम्रो देशमा एउटा धारणा छ, अमेरिकाले चीनलाई घेर्दै छ । चीन टिक्यो भने आफ्नै सामर्थ्यमा टिक्छ । टिकेन भने आफ्नै स्वार्थमा टिक्दैन । हामीले थामिदिने जस्तो कुरा नगरौं । चीनसँग यस्तो सामर्थ्य छ । चीनले अमेरिकासँग हात मिलाइसकेको छ । हामीले हाम्रो राष्ट्रहित फाइदा हेर्नुपर्छ । हितसँग सरोकार विषय लिनुपर्छ । 

सबैभन्दा धेरै नेपाली अमेरिकामा छन् । उहाँहरूको सिपलाई कसरी नेपाल ल्याउने, अमेरिकासँग नेपालको बिजनेस बढाउने प्रयास गर्नुस् । 
आर्थिक कुटनीतिमा ध्यान दिनुहोला । उही पुरानै नेताको स्वागत गर्नेमा सीमित नरहनुहोला । एमसीसी सेटल गर्नुभयो भने अझै राम्रो । सेलेक्सन राम्रो छ, पर्फमेन्स राम्रै गर्नुभयो भयो सबै नेपालीले सम्झिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप