बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा गोली लागेर एक युवकको मृत्यु

सोमबार, २० मङ्सिर २०७८, १७ : २२
सोमबार, २० मङ्सिर २०७८

तनहुँमा गोली लागेर एक युवकको मृत्यु भएको छ । गएराती शिकार खेल्न गएका बेला गोली लागेर शुक्लागण्डकी नगरपालिका १, थप्रेकका १७ वर्षीय रोहित मल्लको मृत्यु भएको हो ।  शुक्लागण्डकीस्थित रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा शिकार खेल्न गएको बेला गोली लागेर मल्लको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार आइतबार साँझ साढे सात बजेको समयमा शिकार खेल्न जाने क्रममा मल्लले बोकेको भरुवा बन्दुक पड्किँदा घाइते भएकाले उनलाई थप्रेक स्वास्थ्य चौकी लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले प्रारम्भिक अनुसन्धानअनुसार बन्दुक रोहितले नै बोकेको देखिन आएको प्रहरीले जनाएको छ । प्रहरीले बन्दुकसहित छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप