शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस सह–महामन्त्रीमा भीष्मराज आङ्देम्बेद्वारा उम्मेदवारी घोषणा

सोमबार, २० मङ्सिर २०७८, १८ : ४८
सोमबार, २० मङ्सिर २०७८

नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले सह–महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । सोमबार काठमाडौंमा आङ्देम्बेले १४ औं महाधिवेशनमा आफूले सहमहामन्त्री (आदिवासी–जनजाती)पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 
नेता आङ्देम्बेले काँग्रेस पार्टीलाई चुस्त र दुरुस्त बनाउँदै २१ औं शताब्दीको पार्टीमा रुपान्तरित गरी युवा उमेर र सोचहरुलाई नेतृत्व गराउन सक्ने पार्टीमा रुपान्तरित गर्न सकिने बताए । काँग्रेसलाई चलायमान गर्न नेतृत्वको आवश्यकता रहेकोले आफूले सहमहामन्त्रीमा पदमा उम्मेदवारी दिन लागेको जनाए ।

नेता आङदेम्बेले समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सार्थक बनाउन वर्तमान संविधानको रक्षा गर्दै यसको इमान्दारीपूर्वक कार्यान्वयन गर्न नेपाली काँग्रेसलाई सबल र एकताबद्ध बनाउन आफूले पहल गर्ने पनि दाबी गरे । 

आङदेम्बेले पार्टीलाई वैचारिक रुपमा स्पष्ट, सांगठनिक रुपमा गतिशिल र भावनात्मक रुपमा एकतावद्ध अनि अनुशासित र प्रशिक्षित कार्यकर्ताको उर्जाशील अभियानका रुपमा विकास गर्ने पनि प्रतिवद्धता गरे । 
लोकतन्त्रमाथिको चुनौति र खतरालाई सामना गर्नसक्ने, भ्रष्टाचार र पक्षपातको विरुद्ध उभिने सशक्त र सक्षम पार्टी बनाउने उनको योजना छ । पार्टीको सदस्यता प्रणालीलाई व्यवस्थित र आकर्षक बनाउँदै हरेक तहको नेतृत्वमा स्वच्छता, न्याय र विवेकको वातावरण निर्माण गर्ने पनि बताए ।

समाजमा द्धन्द्ध र असन्तोषको अवस्थाको उचित सम्बोधन गरि दिगो शान्ति कायम गर्दै संविधानको सुधार र संशोधन गर्न, संविधानप्रतिको आम अपनत्वको अवस्था सबल पार्न काँग्रेसको राजनीतिक अगुवाई गर्नेलगायत उनले चुनावी  एजेन्डा अघि सारेका छन् ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप