शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रस्तावित राजदूतहरुको नाम अनुमोदन

सोमबार, २० मङ्सिर २०७८, १९ : २६
सोमबार, २० मङ्सिर २०७८

संसदीय सुनुवाइ समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ । समितिको सोमवार बसेको बैठकले बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य, भारतका लागि प्रस्तावित राजदूत डा. शंकर प्रसाद शर्मा र अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीलाई सर्वसम्मतिले अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए ।

प्रस्तावित व्यक्तिहरुको सुनुवाइ गर्दा योग्यता, क्षमता र अनुभवको आधारमा राजदूतका लागि योग्य देखिएकाले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०७५ को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित व्यक्तिहरुलाई सर्वसम्मत रुपले अनुमोदन गरिएको उनले बताए । उनले भने – ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०७५ को नियम २५ र २६ तथा संसदीय सुनुवाइ समितिको कार्यविधि २०७५ बमोजिम प्रस्तावित व्यक्तिहरुको सुनुवाइ गर्दा योग्यता, क्षमता र अनुभवको आधारमा उक्त पदको लागि योग्य देखिएको हुँदा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०७५ को नियम २६ को उपनियम ५ बमोजिम उल्लेखित पदमा नियुक्तीको लागि प्रस्तावित श्री ज्ञानचन्द्र आचार्य, डा. शंकर प्रसाद शर्मा र प्रा. श्रीधर खत्रीको नाम सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भयो ।’

समितिले सरकारले आगामी दिनमा गर्ने राजनीतिक नियुक्तिहरुमा संविधानको धारा ४२ बमोजिम समानुपातिक र समावेशी रुपमा गर्न सरकारलाई ध्यानाकर्षण समेत गराएको सभापति कर्णले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप