शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महाधिवेशनको तयारीबारे देउवाले लिए ब्रिफिङ

सोमबार, २० मङ्सिर २०७८, १९ : ३८
सोमबार, २० मङ्सिर २०७८

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले १४ औँ महाधिवेशन तयारी सम्बन्धि उपसमितिका संयोजकहरू सँग ब्रिफिङ लिएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा महाधिवेशन आयोजक समिति अन्तर्गत रहेका उपसमितिका संयोजकहरुले अहिले सम्म भएका तयारी र प्रगतिबारे सभापति देउवालाई जानकारी गराएका हुन् ।

सोमबारको बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रम उपसमिति, प्रचार प्रसार उपसमिति, आवास उपसमिति, स्वास्थ्य उपसमिति खाद्यान्न उपसमिति, विदेशी अतिथि उपसमिति लगायतका उपसमितिहरूले आफ्नो तयारी सम्बन्धि प्रगति सुनाएका थिए । 

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनमा पार्टीको महामन्त्रीको संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन अनुमोदनका लागि छुट्टै प्रतिवेदन पेस हुने जानकारी दिए  ।

महाधिवेशनका लागि नेपालका मुख्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको पनि प्रवक्ता शर्माले जानकारी दिए । प्रवक्ता शर्माले महाधिवेशनको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रियामा जाने र मतदानका लागि २९ वटा स्थानबाट मतपत्र वितरण हुने, २९३ वटा मतदान बुथ र १००० वटा मतपत्र खसाल्ने बक्स हुने जानकारी दिए । आगामी २४ गते दिउसो १ बजे उद्घाटन हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले नेतृत्व सहित केन्द्रिय पदाधिकारी चयन गर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप