शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशनमा २ सय ९३ वटा बुथबाट मतदान हुने

सोमबार, २० मङ्सिर २०७८, १९ : ४५
सोमबार, २० मङ्सिर २०७८

नेपाली काँग्रेसले १४ औं महाधिवेशनको मतदानका लागि २ सय ९३ वटा मतदान बुथ राख्ने भएको छ । १४ औं महाधिवेशन प्रचार प्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले २ सय ९३ वटा मतदान बुथ र १ हजार वटा मतपत्र खसाल्ने बक्स हुने जानकारी दिए ।

यही मंसिर २४–२७ मा हुन लागेको महाधिवेशनको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रिया सुरु हुने उनको भनाइ छ । मतदानका लागि २९ वटा स्थानबाट मतपत्र वितरण हुने शर्माले बताए ।  २४ गते दिउसो १ बजे उद्घाटन हुने १४ औँ महाधिवेशनले नेतृत्वसहित केन्द्रीय पदाधिकारी र सदस्य चयन गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप