सिभिल बैंकका नवनियुक्त अध्यक्ष पाण्डेले लिए शपथ
सोमबार, २० मङ्सिर २०७८, १९ : ५३
सिभिल बैंकका नवनियुक्त अध्यक्ष प्रतापजंग पाण्डेले शपथ लिएका छन् । बैंकको ३६२औँ बैठकबाट अध्यक्षमा नियुक्त भएका पाण्डेले आज गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ लिएका हुन् ।
बैंकको अध्यक्षमा शपथ लिएपछि अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने बताएका छन् । उनले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको पालना गर्दै संस्थालाई अगाडी बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
यसका साथै, बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरूमा थप सशक्त रूपमा अगाडि बढाउने लक्ष्य रहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलाधार व्यवस्थापन अधिकृत १ लाख २० हजार रुपैयाँ घुससहित पक्राउ
-
आर्थिक र सामाजिक परिवर्तन आवश्यक : नेता सिंह
-
म्यान्मारकी नेत्री सुकीलाई कारागारबाट सारेर घरमा नजरबन्द
-
१ सय ५२ बोरा प्याजसहित ट्रक नियन्त्रणमा
-
बालकुमारी–ग्वार्को सडक ६ देखि ११ गतेसम्म रातको समयमा पूर्ण बन्द गर्ने निर्णय
-
जापानमा शक्तिशाली भूकम्प