शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकहरूको कर्जा लगानी ११ अर्बले बढ्दा निक्षेप ७ अर्बले मात्रै वृद्धि

सोमबार, २० मङ्सिर २०७८, २० : ३२
सोमबार, २० मङ्सिर २०७८

पछिल्लो साता वाणिज्य बैंकहरूको निक्षेप सङ्कलन ७ अर्ब रुपैयाँले वृद्धि भएको छ । अघिल्लो साताको तुलनामा यस साता अर्थात् मङ्सिर १० गतेदेखि १७ गतेसम्म कुल २७ वाणिज्य बैङ्कहरूले ७ अर्ब रुपैयाँले निक्षेप वृद्धि गर्दै कुल ४२ खर्ब २६ अर्ब रुपैयाँ सङ्कलन गर्न सफल भएका हुन् ।

अघिल्लो साता, मङ्सिर ३ गतेदेखि १० गतेसम्म यस्तो निक्षेप बैङ्कहरूले ७ अर्बले नै गुमाउँदै ४२ खर्ब १९ अर्ब सङ्कलन गरेका थिए । तर, यता कर्जा मागमा भने अघिल्लो साता र यस सातामा कुनै कमी नआएको नेपाल बैंकर्स संघले जनाएको छ । 

अघिल्लो साता अधिकतम १४ अर्बले कर्जा लगानी बढाउँदै कुल ४० खर्ब ५५ अर्ब लगानी गरेका बैङ्कहरूले यस साता पनि १४ अर्बले नै कर्जा वृद्धि गर्दै कुल ४० खर्ब ६९ अर्ब लगानी गरेको बैंकर्स संघले जानकारी दिएको छ । समीक्षा अवधिमा बैंकहरूको कर्जा माग १४ अर्ब रुपैयाँले बढ्दै गर्दा यता निक्षेप सङ्कलन भने जम्मा ७ अर्बले मात्रै सुधार भएको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप