शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : १५ लाख सदस्य बनाउने एमालेको तयारी, यी हुन् काँग्रेसका ६ प्रदेशका कमाण्डर

एमसीसीविरुद्ध राष्ट्रिय जनमोर्चाले देशव्यापी प्रदर्शन गर्ने
सोमबार, २० मङ्सिर २०७८, २० : ३७
सोमबार, २० मङ्सिर २०७८

आज २०७८ मंसिर २० गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा सातमध्ये ६ प्रदेशमा काँग्रेसको प्रादेशिक संरचना, एमाले जुट्यो १५ लाख सदस्य बनाउने तयारीमा, दोस्रो कार्यकालका लागि देउवाको दाबी, उपनिर्वाचनमा गठबन्धनबीच तालमेल गर्ने लिखित सहमति : मावधकुमार नेपाल, प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन, एमसीसीविरुद्ध राष्ट्रिय जनमोर्चाले देशव्यापी प्रदर्शन गर्ने लगायत छन् ।

१. सातमध्ये ६ प्रदेशमा काँग्रेसको प्रादेशिक संरचना, यी हुन् कमाण्डर 
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमार्फत सातमध्ये ६ वटा प्रदेशमा काँग्रेसले प्रादेशिक संरचना निर्माण गरेको छ । प्रदेश २ मा भने अधिवेशन हुन बाँकी छ । संघीयता सहितको संविधान निर्माण भए यता काँग्रेस पहिलो पटक प्रादेशिक संरचनामा गएको हो ।

​२. एमाले जुट्यो १५ लाख सदस्य बनाउने तयारीमा
नेकपा एमालेले १५ लाख सदस्य बनाउने उद्देश्यसहित देशभर अभियान चलाउने भएको छ । यसका लागि मंसिर २५ र २६ गते बस्ने केन्द्रीय कमिटी बैठकले विस्तृत योजना बनाउने जनाइएको छ । सो बैठकले स्थायी कमिटी, पोलिटब्युरो गठन गर्ने एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङको भनाइ छ ।

​३. दोस्रो कार्यकालका लागि देउवाको दाबी
नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी नेतृत्वमा दोस्रो कार्यकालका लागि दाबी गरेका छन् । उनले आफू फेरि सभापति पदमा उम्मेदवार हुने भन्दै सहयोगका लागि सबैसँग आग्रहसमेत गरेका छन् । सोमबार पत्रकारहरुसँग कुरा गर्दै विधानअनुसार आफूले अब एक पटक नेतृत्वमा दाबी गर्न मिल्ने भन्दै १४ औैं महाधिवेशनमा उम्मेदवारी दिने प्रस्ट पारे ।

 

४. उपनिर्वाचनमा गठबन्धनबीच तालमेल गर्ने लिखित सहमति : मावधकुमार नेपाल
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले उपनिर्वाचनमा तालमेल गर्नेबारे गठबन्धनबीच लिखित सहमति भएको दाबी गरेका छन् । देशमा गठबन्धनको संस्कार बसेको भन्दै उनले गठबन्धनलाई आगामी चुनावसम्म निरन्तरता दिइने प्रस्ट पारे ।

 

५. प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन
सरकारले विभिन्न मुलुकका लागि सिफारिस गरेका राजदूतको नामलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । बैठकले भारत, अमेरिका र बेलायतका लागि सरकारले प्रस्ताव गरेका राजदूतहरुको नाम अनुमोदन गरेको हो । समितिको बैठकमा सदस्यहरुले राजदूत नियुक्ति समावेशी बनाउन जोड दिएका छन् ।

 

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । उनले पहिलो बैठकलाई ‘परिचयात्मक’ भनेका छन् । सोमबार पार्टी कार्यालयमा पदबहाली गरेका उनले कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीसँग सरसल्लाह गरेर नै आफू अघि बढ्ने बताए ।

 

७. नेपाल वायुसेवा निगमलाई ‘डेञ्जरस गुड्स सर्टिफाइड एयरलाइन्स’ को प्रमाणपत्र
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई ‘डेञ्जरस गुड्स सर्टिफाइड एयरलाइन्स’ को प्रमाणपत्र दिइएको छ । नेपालको हवाई सेवा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई खतराजन्य सामग्री सूचीको नवौं र रेडियोधर्मी विकिरणयुक्त उपयोगी सामान बोक्न पाउनेगरी प्रमाणपत्र दिएको हो ।

 

राष्ट्रिय जनमोर्चाले एमसीसी सम्झौताविरुद्ध मंसिर २६ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ । उसले एमसीसीको विरोधमा २२ दलीय मोर्चालाई समेत सहभागी गराउने प्रयत्न थालेको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सोमबार विज्ञप्ति जारी गर्दै एमसीसी राष्ट्रहितमा नभएको भन्दै यसको विरोधमा उत्रन सबैलाई आह्वानसमेत गरेका छन् ।

 

सरकारले कोरोनाविरुद्धको खोपको तेस्रो मात्रा अर्थात् ‘बुस्टर डोज’ दिने तयारी गरेको छ । खोपको पहिलो र दोस्रो मात्रा लगाएका दीर्घरोगीलाई तेस्रो मात्रा खोप दिने तयारी गरिएको हो ।

 

१०. पछिल्लो २४ घण्टामा २६५ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २६५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर ३५७ जना संक्रमणमुक्त भएका छन् ।

 

राष्ट्रिय जनमोर्चाको मातृपार्टी नेकपा मसालले राप्रपालाई पूर्वराजा ज्ञानेन्द्रको दलाली गर्ने पार्टी बताएको छ । राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दा नै कमजोर भएकाले राप्रपा कमजोर बनेको बताउँदै मसालले भनेको छ, ‘राप्रपाको नेतृत्वमा हुने हेरफेरले त्यो अवस्थामा कुनै फरक ल्याउने छैन ।’

काठमाडौंबाट चोरी भएको मोटरसाइकल रौतहटमा फेला परेको छ । कार्तिक २१ गते चाबहिलस्थित ओम अस्पतालबाट चोरी भएको बा४३प २९१२ नम्बरको पल्सर मोटरसाइकल रौतहटको माधव नारायण नगरपालिका १ दिपही चोकमा चेकजाँचको क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्वार्थ पूरा नगरिदिँदा आफूलाई मिडियाले खेदेको दाबी गरेका छन् । सोमबार मन्त्रालयकै सभाहलमा आयोजित एक कार्यक्रममा आलेले राम्रो काम गर्दागर्दै पनि आफूलाई मिडियाले जस नदिएको बताएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप