बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मेटलाइफले नेपालमा स्थापना भएको २० वर्ष मनाउँदै

सोमबार, २० मङ्सिर २०७८, २० : ५९
सोमबार, २० मङ्सिर २०७८

विश्वकै अग्रणी बीमा कम्पनीमध्येको मेटलाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २० औं वार्षिकोत्सव मनाउँदैछ । यो कम्पनीले २०५८ साल मंसिर महिनामा पहिलोपटक नेपालमा कार्य सञ्चालन थालेको थियो । 

नेपालमा सेवा विस्तार गरेयता थुप्रै बीमा सेवा तथा सुविधा शुरुवात, प्रतिभा विकासमा टेवा, तथा देश भरि छरिएका धेरै मानिसहरूलाई लघुबीमामार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराई नेपालमा बीमा क्षेत्रको विकास र उन्नतीमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको मेटलाइफको दाबी छ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले नेपालमा बसोबास गर्ने व्यक्ति, परिवार र समुदायलाई थप आत्मविश्वासी भविष्य निर्माण गर्न मद्दत गर्ने मेटलाइफको प्रतिबद्धता रहेको बताएका छन् । 

उनले आफ्नो जीवनको हिस्सा बनाउने कम्पनीका ग्राहकहरूप्रति कृतज्ञता पनि व्यक्त गरेका छन् । गुणस्तरीय सेवा तथा उत्कृष्ट अनुभव दिलाउन प्रोत्साहन तथा सक्षम बनाउन सहयोग गर्ने बीमा क्षेत्रका नियामक संस्थाहरू, खटिएका कर्मचारी तथा एजेन्टहरू, तथा अन्य व्यापार साझेदारहरूलाई पनि उनले धन्यवाद दिएका छन् । 

२० वर्षमा मेटलाइफ नेपालले दुई अर्ब ५० करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, रोजगार तथा तालिमका अवसरहरूमार्फत ४० हजारभन्दा बढी रोजगारी श्रृजना, २० अर्ब रुपैयाँ बराबरको जीवन बीमा कोष तथा दुई अर्ब ७४ करोड रुपैयाँको जगेडा कोषको स्थापना गरेको जानकारी दिएको छ । नेपालमा १४ लाखभन्दा बढी ग्राहकहरूलाई जीवन बीमा सुरक्षण प्रदान गरिरहेको पनि कम्पनीको दाबी छ । 

मेटलाइफको सहायक कम्पनीको रूपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो ।  नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरूलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थ्य बीमा र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप