बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोकाकोला ‘नेपाल आइडल सिजन ४’ को मुख्य प्रायोजक

सोमबार, २० मङ्सिर २०७८, २१ : ०४
सोमबार, २० मङ्सिर २०७८

पेय पदार्थ कोकाकोलाले अन्तर–राष्ट्रिय सांगितिक रियालिटी शो ‘नेपाल आइडल सिजन ४’ मा मुख्य प्रायोजन गरेको छ । कोकाकोला र नेपाल आइडलबीच यो दोस्रो वार्षिक सहकार्य हो । कोकाकोला ‘नेपाल आइडल सिजन ३’ को पनि मुख्य प्रायोजक थियो ।

हस्ताक्षर कार्यक्रममा बोल्दै बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डन ले कोकाकोलाले आइकोनिक ग्लोबल रियालिटी शो पप आइडलको नेपाली फ्रेञ्चाइज नेपाल आइडलसँग दोश्रो वार्षिक सहकार्य गरेको जानकारी दिए । प्रतिभावान् प्रतिस्पर्धीहरूको सहभागिताले कार्यक्रम अझ रोमाञ्चक र उत्साहपूर्ण हुँदै गइरहेको र कोकाकोला जहिले पनि संगीतसँग जोडिँदै आइरहेको उनको भनाइ छ ।

नेपाल आइडलका प्रोजेक्ट हेड र डिरेक्टर सुरेश पौडेलले नेपाल आइडलको सिजन ४ मा पनि कोकाकोलासँग सहकार्य गर्न पाउँदा हर्षित भएको बताए । यसपटक अझ दमदार प्रतिस्पर्धीहरूको सहभागितासँगै नयाँँ विजेताका लागि निकै आतुर रहेको उनले जानकारी दिए ।

नेपाल मङ्सिर २२ बाट एपीवान टेलिभिजनमा प्रसारण हुँदैछ । यो कार्यक्रम पप आइडलको नेपाली फ्रेञ्चाइज हो । यसले गायक बन्न चाहने प्रतिभाशाली व्यक्तिहरूलाई अवसर दिइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप