बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सांग्रिला डेभलपमेन्ट बैंकले संचालनमा ल्यायो ‘सांग्रिला रेमिट’

सोमबार, २० मङ्सिर २०७८, २१ : १४
सोमबार, २० मङ्सिर २०७८

सांग्रिला डेभलपमेन्ट बैंकले देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रूपमा रकम स्थानान्तरण गर्ने सुविधासहित सांग्रिला रेमिटको नामबाट आफ्नै रेमिट सेवा संचालनमा ल्याएको छ । नेपाली नागरिकले बैंकको जुनसुकै शाखा तथा एजेण्टमार्फत नेपालभर आफ्नो इछ्याइएको व्यक्तिलाई सीधै रकम पठाउन तथा बैंक खातामा सजिलै रकम जम्मा गर्न सक्ने बैंकले जानकारी दिएको छ । 

बैंकले संचालनमा रेमिट सेवा आन्तरिक विप्रेषण प्रवाहका लागि हो । विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको रकमसमेत बैंकिङ्ग प्रणालीबाट नेपालमा ल्याइ सम्बन्धित प्राप्तकर्तालाई भुक्तानी दिन अन्तराष्ट्रिय रेमिट्यान्स सेवासमेत छिट्टै संचालनमा ल्याउने बैंकले जनाएको छ । ​सांग्रिला डेभलपमेन्ट बैंक स्थापना भएको १६ वर्ष पुगेको छ । देशभर बैंकका १०४ शाखा र ३१ एटीएम सञ्चालनमा छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप