बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुरमा एक जना पक्राउ

सोमबार, २० मङ्सिर २०७८, २१ : २६
सोमबार, २० मङ्सिर २०७८

ललितपुरमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका-१० कुपण्डोल डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-१२ गेलु घर भएका ३५ वर्षीय एक्काराज भुजेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 

उनकी श्रीमती ३५ वर्षीया जानुका भुजेल आफ्नै कोठामा मंसिर १६ गते मृत अवस्थामा फेला परेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा एक्काराजले घाँटीमा कपडाले कसी कर्तव्य गरी मारेको खुल्न आएपश्चात उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनी उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको  छ ।     

यता, ललितपुरक गोदावरीस्थित सिद्धेश्वर महादेव मन्दिरबाट चोरी भएको करिब १ फिट अग्लो ८ ईन्च चौडा भएको १ थान बसुन्धराको मूर्ति सोही स्थान नजिक जंगलमा आइतबार फेला परेको छ । उक्त मन्दिरबाट मंसिर १४ गते राति श्रीनारायण र बसुन्धाराको मूर्ति चोरी भएकोमा खोजी गर्ने क्रममा उक्त मूर्ति फेला परेको हो । साथै नारायणको मूर्ति तथा चोरहरूको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप