शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुसले भारतलाई महाशक्ति मित्रको रूपमा बुझेको छ : राष्ट्रपति पुटिन

सोमबार, २० मङ्सिर २०७८, २१ : ३८
सोमबार, २० मङ्सिर २०७८

सोमबार २१ औं भारत–रूस वार्षिक शिखर सम्मेलनमा आफ्नो उद्घाटन मन्तव्यका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले भारतलाई एक महान् शक्ति र समय परीक्षित मित्रको रूपमा बुझेको बताएका छन् ।

‘हामीले भारतलाई एक महान् शक्ति, एक मित्र राष्ट्र र एक समय परीक्षित मित्रको रूपमा बुझ्छौँ। हाम्रा राष्ट्रहरू बीचको सम्बन्ध बढ्दै गएको छ र म भविष्यलाई हेरिरहेको छु’ पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटका क्रममा भनेका छन् । राष्ट्रपति पुटिनले टिप्पणी गरे, ‘गत वर्ष भारत र रुसबीचको व्यापार १७ प्रतिशतले घटेको थियो तर २०२१ को पहिलो ९ महिनामा दुवै देशले ३८ प्रतिशतले व्यापार बढेको  अनुभव गरेका छन् ।’

सन् २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि दुई नेताबीचको यो पहिलो प्रत्यक्ष भेट हो। रुसी नेताको यो भ्रमण भारत र रुसमा  हुने वार्षिक शिखर सम्मेलनको परम्पराको निरन्तरता हो । यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ महामारीका कारण उत्पन्न चुनौतीका बाबजुद भारत–रुस सम्बन्धको वृद्धिको गतिमा कुनै परिवर्तन नआएको बताएका थिए ।

छलफलका क्रममा दुवै नेताले अफगानिस्तानको पछिल्लो अवस्थाबारे पनि कुराकानी गरेका छन् । ‘हामी पक्कै पनि आतङ्कवाद र यसको विरुद्धको लडाइसँग सम्बन्धित सबै कुरामा चिन्तित छौं’ उनले भने । यसअघि दुई देशबीच पहिलोपटक २२ मन्त्रीस्तरीय वार्ता भएको थियो ।

दुई देशबीच २०२१–३१ का लागि सैन्य (प्राविधिक सहयोग व्यवस्था अन्तर्गत भारत–रसिया राइफल्स प्रालि मार्फत  ६,०१,४२७ एसल्ट राइफल एके–२०३ खरिद गर्ने सम्झौतामा सोमबार हस्ताक्षर भएको छ। यसैबीच राष्ट्रपति पुटिनले दुवै देशले अन्तरराष्ट्रिय र सैन्य क्षेत्रमा सम्बन्ध विकास गर्न जारी राखेको पनि बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप