शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओमिक्रोन किन हो ‘सुपर माइल्ड’ भेरियन्ट ? युवा सबैभन्दा बढी संक्रमित, यसको ठूलो खतरा के ?

मङ्गलबार, २१ मङ्सिर २०७८, १० : २३
मङ्गलबार, २१ मङ्सिर २०७८

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको विषयमा संसारभरी चिन्ताको माहौल बनेको छ । ओमिक्रोन नेपालमा पनि भित्रिसकेको छ । यो भारतलगायत संसारका ३८ देशमा फैलिसकेको छ । संसारभरी विध्वंश मच्चाएको डेल्टा भेरियन्टभन्दा पनि थुप्रै गुणा संक्रामक ओमिक्रोनलाई ‘सुपर माइल्ड’ भनिँदैछ । साथै, यसको स्पाइक प्रोटिनमा ३० भन्दा बढी म्युटेशनका कारण यसमाथि भ्याक्सिनको असर कम हुने आशंका छ ।

ओमिक्रोन सुपर माइल्ड भेरियन्ट ?

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनमा ५० भन्दा बढी म्युटेशन भइसकेको छ । यतिमात्रै होइन, हालसम्म कोरोनाको सबैभन्दा खतरनाक भेरियन्ट मानिएको डेल्टाको तुलनामा ओमिक्रोनको स्पाइक प्रोटिनमा पनि ३० भन्दा बढी म्युटेशन भइसकेको छ । यत्तिका धेरै म्युटेशनका कारण नै ओमिक्रोन डेल्टाको तुलनामा अत्यधिक तीब्र गतिमा फैलने भेरियन्ट बन्छ ।

अब प्रश्न यो उठ्छ कि तीब्र रुपमा फैलन सक्षम ओमिक्रोन बढी खतरनाक पनि छ त ? यसको जवाफमा महामारी विशेषज्ञदेखि विश्व स्वास्थ्य संगठनसम्मका विशेषज्ञले ओमिक्रोनलाई  हल्का लक्षणयुक्त अर्थात् ‘सुपर माइल्ड’ भेरियन्ट भनेका छन् । विशेषज्ञका अनुसार ओमिक्रोन एउटा यस्तो भेरियन्ट हो जुन तीब्र गतिमा फैलन त सक्षम छ तर यसबाट गम्भीर संक्रमणको साटो हल्का लक्षण मात्रै हुन्छ ।

ओमिक्रोनको सबैभन्दा ठूलो खतरा के ?

सुरुवाती डाटाका अनुसार चाहे दक्षिण अफ्रिका होस् वा युरोप, ओमिक्रोनका धेरैजसो संक्रमित युवा हुन् । साथै, यो भेरियन्टले ती व्यक्तिहरुलाई पनि संक्रमित गरेको छ जसले भ्याक्सिनको दुबै डोज लगाइसकेका छन् । यी दुई कारणका लागि यो भेरियन्ट चिन्ताको विषय बनेको हो । यो दुई कुराको अर्थ यो हो कि ओमिक्रोन उमेरदार व्यक्तिको तुलनामा बलियो प्रतिरोधी क्षमता भएका युवा र दुबै डोज भ्याक्सिन लगाइसकेका व्यक्तिलाई पनि संक्रमित गर्न समक्ष छ ।

ओमिक्रोनका कारण भारतमा तेस्रो लहर आउने आशंका पैदा भएको  छ । आइआइटी कानपुरको शोधमा संलग्न प्राध्यापक मणिन्द्र अग्रवालको आफ्नो व्याख्याका अनुसार ओमिक्रोन भेरियन्टका कारण भारतमा सन् २०२२ को सुरुवातमा कोरोनाको तेस्रो लहर आउन सक्छ । यो रिपोर्टका अनुसार तेस्रो लहरका बेला भारतमा दैनिक संक्रमितको संख्या डेढ लाख पुग्न सक्छ । साथै फेब्रुअरीमा यो चरम स्थितिमा पुग्न सक्छ । दोस्रो लहरका बेला भारतमा कोभिड संक्रमितको दैनिक संख्या ४ लाख पार भएको थियो ।

यस्तै, युरोपमा पनि ओमिक्रोनका संक्रमितमा अबको केही महिनामा तीब्र वृद्धि देखिने आशंका छ । युरोपियन युनियन पब्लिक हेल्थ एजेन्सीले बिहिबार दिएको जानकारी अनुसार अबको केही महिनामा युरोपका कुल कोरोना संक्रमितमध्ये आधाभन्दा बढी ओमिक्रोनद्वारा संक्रमित हुनसक्छन् ।

ओमिक्रोनको सुपर माइल्ड भेरियन्ट हुनुको अर्थ के हो ?

ओमिक्रोनको सबैभन्दा पहिलो संक्रमित दक्षिण अफ्रिकामा पाइएको १० दिनभित्र नै यो नेपाल, भारत, अमेरिकासमेत संसारका ३८ देशमा फैलिसकेको छ । ओमिक्रोन तीब्र रुपमा फैलिरहेको त छ तर हालसम्म ओमिक्रोनद्वारा संक्रमित धेरैजसो बिरामीमा हल्का लक्षण मात्रै देखिएको छ । यीमध्ये कसैलाई पनि गम्भीर संक्रमण वा आइसीयूमा भर्ना गर्नुपरेको छैन न नै कसैको मृत्यु भएको छ ।

हल्का लक्षण र मृत्युको कम खतराका कारण नै ओमिक्रोनलाई ‘सुपर माइल्ड’ भनिएको हो । दक्षिण अफ्रिकी मेडिकल असोसिएशनकी प्रमुख डाक्टर एन्जेलिक कोएत्जीले ओमिक्रोनको हल्का लक्षणलाई मध्यनजर गर्दै हालको समयमा डराउनुपर्ने कुनै कारण नभएको बताउँछिन् । कोएत्जीका अनुसार उनले पहिला जतिपनि कोभिड बिरामी (अन्य भेरियन्टद्वारा संक्रमित) को उपचार गरेकी छिन्, त्यसको तुलनमा ओमिक्रोनको लक्षण निकै हल्का छ । दक्षिण अफ्रिकी स्वास्थ्य मन्त्री जो फाहदाले उनको देशका डाक्टरले गम्भीर बिरामी नदेखेको जानकारी दिए ।

डाक्टरका अनुसार ओमिक्रोनबाट कोही गम्भीर बिरामी वा मृत्यु भएको जानकारी भेटिएको छैन । यो तीब्र रुपमा फैलिरहेको त छ तर त्यति घातक नभएको विज्ञले बताइरहेका छन् । यसैकारण डब्ल्यूएचओको युरोपको क्षेत्रीय अधिकारी डा. क्याथरिन स्मलवुडले संसारभरीका देशद्वारा ओमिक्रोनको विषयमा अफ्रिकी देशमाथि लगाएको यात्रा प्रतिबन्धलाई अनावश्यक बताउँदै यस्तो गर्नु आफ्नो सिफारिसमा नभएको बताएका छन् ।

ओमिक्रोनद्वारा सर्वाधिक संक्रमित देशको स्थिति के छ ?

ओमिक्रोनको सर्वाधिक संक्रमित हालसम्म अफ्रिका र युरोपेली देशमा देखिएको छ । दक्षिण अफ्रिकामा २४ नोभेम्बरमा ओमिक्रोन भेरियन्ट पाइएको एक् हप्ताभित्रै त्यहाँ दैनिक संक्रमितको संख्या १ डिसेम्बरमा दोब्बर भएर ८ हजार ५ सयभन्दा बढी भएको छ । तर संक्रमित दुबै खोप लगाएपनि संक्रमित भएकमा व्यक्तिमा गम्भीर लक्षणको साटो हल्का लक्षण मात्रै देखियो ।

अफ्रिका मात्रै होइन, ओमिक्रोनको विषयमा युरोपमा पनि हल्का लक्षणका संक्रमित मात्रै देखिएका छन् । युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलको रिपोर्ट अनुसार युरोपमा ओमिक्रोनका जुन ७० संक्रमितलाई गम्भीरताको जानकारी छ, त्यसको रिपोर्ट अनुसार यो नयाँ भेरियन्टका संक्रमितमध्ये आधामा कुनै लक्षण नै थिएन जबकी आधामा हल्का लक्षण थिए । युरोपमा ओमिक्रोनका संक्रमितमा गम्भीर लक्षण, अस्पतालमा भर्ना नै हुनुपर्ने वा मृत्युको कुनै मामिला देखिएको थिएन ।

यद्यपि, विशेषज्ञले यो असाध्यै सुरुवाती आँकलन भएको र यो नयाँ भेरियन्टबारे पूर्ण जानकारी पाउन केही हप्ता लाग्न सक्ने जानकारी दिएका छन् ।

विज्ञका अनुसार यदि ओमिक्रोन डेल्टाभन्दा बढी प्रभावकारी बन्छ तर यसको लक्षण हल्का मात्रै हुन्छ भने यो भाइरसका लागि टर्निङ पोइन्ट साबित हुनसक्छ ।

यो विषयमा स्यान डियागोस्थित रिसर्च डिपार्टमेन्ट अफ इम्युनोलोजी एन्ड माइक्रोबायोलोजीका संक्रामक रोगका अनुसन्धाता सुमित चन्दाका अनुसार यदि ओमिक्रोन असाध्यै तीब्र गतिमा फैलिएता पनि साधारण लक्षण मात्रै पैदा गर्छ भने यो मौसमी रोग जस्तै रुघा–खोकीजस्तै बन्नेछ ।

ओमिक्रोन हल्का भेरियन्ट हुनुको अर्थ यसको रुघा–खोकीजस्तै तीब्र रुपमा फैलने क्षमता पनि छ । योसँग सम्बन्धित सुरुवाती रिपोर्टमा गम्भीर समस्या वा मृत्युको खतरा कम बताइँदै छ तर अहिले पनि यो विषयमा शोध हुन बाँकी नै छ । यसको तीब्र म्युटेशनले यसलाई बलियो प्रतिरोधी क्षमता भएका र खोप लगाइसकेका व्यक्तिलाई पनि संक्रमित गर्ने क्षमता भएको भेरियन्ट बनाउँछ जसले निश्चित रुपमा चिन्ता बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप