शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘लक्का जवान’ वैशाखमा प्रदर्शनमा आउने

मङ्गलबार, २१ मङ्सिर २०७८, ११ : १९
मङ्गलबार, २१ मङ्सिर २०७८

हास्य कलाकार शिवहरी पौडेलको निर्देशन रहेको फिल्म ‘लक्का जवान’ आगामी नयाँ वर्षमा प्रदर्शनमा आउने भएको छ । फिल्मको वैशाख २३ गते रिलिज मिति तय भएको निर्माण युनिटले जनाएको छ । कमेडी विषयवस्तुमा निर्माण भएको फिल्म यसअघि २०७६ चैत २१ गतेलाई प्रदर्शन मिति तोकेर प्रचारप्रसार गरेर पनि रिलिज हुन सकेको थिएन । 

पौडेलको डेब्यु निर्देशन रहेको फिल्ममा प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतको अभिनय छ ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्ममा अन्सुया श्रेष्ठको अलवा किरण केसी, शिवहरि पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँ निर्माताको रुपमा रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप