शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोर्खा ब्रुअरीले ल्यायो फायरमुन विन्टर वार्मर बियर

मङ्गलबार, २१ मङ्सिर २०७८, १३ : १८
मङ्गलबार, २१ मङ्सिर २०७८

गोर्खा ब्रुअरीले नेपालमा जाडो मौसमलक्षित पहिलो विन्टर वार्मर बियर फायर मून ल्याएको छ । यो विन्टर वार्मर बियर नेपालमा कठ्याङ्ग्रिने जाडोका लागि उपयुक्त हुने ब्रुअरीले दाबी गरेको छ । उत्कृष्ट बास्ना भएको मसलाहरूको स्वादयुक्त विन्टर वार्मर क्राफ्ट बियर फायरमुन पिउँदा शरीरलाई न्यानो पार्न मद्दत गर्ने पनि कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

हप्स, माल्ट र यिस्टबाहेक यस बियरमा ल्वाङ्ग, सुकमेल, दालचिनी र अदुवाजस्ता शरीरलाई तातो बनाउने मसलाहरू मिसाइएको कम्पनीको दाबी छ । अन्य बियरभन्दा विन्टर वार्मर बियर सहजै पिउन सकिने र यसको मजा चिसो नबनाई कोठाको तापक्रममा पनि लिन सकिने कम्पनीले जानकारी दिएको छ । पाँच प्रतिशत अल्कोहलयुक्त फायरमूनको ३३० मिलिलिटर बोतलको मूल्य १८० रुपैयाँ तोकिएको छ । सो बियर पुल–अफ क्याम्पको साथ आउने हुनाले उपभोक्ताले सजिलै बोतल खोल्नसक्ने पनि कम्पनीको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप